“एसिड नट द सोलुशन” सार्बजनिक(भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १२ भाद्र २०७७, शुक्रबार

काठमाडौँ – महिला हिंसाको कथामा बनेको सर्ट मुभी “एसिड, नट द सोलुशन” चुईचुई पारेर टिभी (युट्युव)मा रिलिज गरिएको छ। निर्देशक तथा कलाकार उत्सव केसीको अभिनय, लेखन तथा निर्देशन रहेको यस सर्ट मुभीमा अस्मिता बस्नेत (थुम्कि), काव्या कार्की, इसान राउत (जीरे), रमा श्रेष्ठ, विजय तिमिल्सिना र प्रविन कार्कीको अभिनय रहेको छ भने यसको छायांकन ज्ञान कुमार कटेल, श्रृंगार डिके हमाल, पार्श्व ध्वनी राजेश, सम्पादन किरन राज थापाको रहेको छ ।

निकै नै मार्मीक, मनछुने कथा र भिन्न शैलीमा यस सर्ट मुभी प्रस्तुत गरेको निर्देशक केसीले बताउनु भयो। राम्रो मेहनत अनि त्यसै अनुरुपको निर्देशन पनि रहेको र कन्सेप्ट पनि राम्रो लागेर यस सर्ट मुभीमा आफुले अभिनय गरेको बताउँछन जिरे खुर्सानीका “जिरे” अर्थात इसान राउत साथै धेरै पछि चलचित्रमा अभिनय गर्न पाएकोमा खुसी पनि व्यक्त गर्दछन् । चलचित्र निकै राम्रो बनेको र यसले दर्शकको मन जित्न सफल हुने कुरा बताउँछिन चलचित्रकी नायिका काव्या कार्की । जीवन मै पहिलो पटक आमाको भुमिका निर्बाह गरेकी चर्चित कलाकार अस्मिता बस्नेत (थुम्कि) बताउँछिन कथा सुन्ने बित्तिकै धुरुधुरु “रोएँ” ।
जे होस थोरै समयको भएपनि चलचित्र राम्रो र समय सान्दर्भिक बनेकोले सर्ट मुभी “एसिड, नट द सोलुशन” टिमलाई शुभकामना । भिडियो हेर्नुहोस:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु