• रमाइलो गीत ‘ए केटा मादलु पड्का’ले छाडेन ट्रेण्डिङ, टिकटकमा समेत रुचाइयो

    म्यूजिक खबर
    प्रकाशित: २९ श्रावण २०८०, सोमबार

    काठमाडौं । पछिल्लो समय सांगीतिक बजारमा तीजका गीतहरुले ठाउँ ओगटेका छन् । सार्वजनिकको होड चलेता पनि कमै गीतले मात्र चर्चा र उत्साहप्रद भ्यूज पाएका छैनन् । यहि भीडमा दश दिन अघि एउटा ‘नन् तीजी’ गीत सार्वजनिक भयो, जसको बोल रहेको छ – ए केटा मादलु पड्का । निकै रमाइलो शैलीमा तयार भएको यो गीतले भने सार्वजनिक भएसँगै चर्चा र उत्साहजनक भ्यूज पनि कमाउन सफल भएको छ ।

    बरिष्ठ हाँस्यकलाकार हरिबंश आचार्यको यो गीत रिलिज भए लगतै ट्रेण्डिङको यात्रा शुरु गरेको थियो । यो समाचार तयार पारेको मितीमा (आज) रिलिज भएको १० दिन पुगिसक्दा पनि ट्रेण्डिङको १३ औं स्थानमा रहेको छ । त्यस्तै गीत टिकटकमा समेत उतिकै रुचाइएको छ । यो समाचार तयार पारिरहेको समयमा ओएसआर डिजिटलको अफिसियल टिकटकबाट पोष्ट गरिएको गीतमा ६५५० भन्दा बढीले टिकटक बनाएका छन् । अन्य थुप्रै एकाउण्टबाट गीतलाई अपलोड गरिएको छ र हजारौंले टिकटक बनाएका छन् ।
    त्यस्तै २४ लाख ६६ हजार बढीले गीतलाई हेरिसकेका छन् । १६०० बढी कमेन्ट प्राप्त छन् । जसमध्ये अधिकांश कमेन्टमा गीतको तारिफ गरिएको छ ।

    बरिष्ठ कलाकार हरिबंश आचार्यको शब्द संगीत र स्वर रहेको गीतमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छिन् ।

    गीतको भिडिओमा हरिवंश र अभिनेत्री प्रियंका कार्कीसँगै गायक तथा निर्देशक सरोज वलीको अभिनय रहेको छ । नवराज उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडिओ निर्देशन गम्भीर विष्टले गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु