• युट्युबबाट हटेको ‘ए मेरो हजुर ४’ को प्रचार सामाग्री रिकभर, च्यानलको नाम यद्यपी परिवर्तन

    म्यूजिक खबर
    प्रकाशित: १७ चैत्र २०७८, बिहीबार

    काडमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ४’ को प्रचार सामग्री आज बिहान (बिहीबार)युट्युब च्यानलबाट हटेको थियो। अहिले बुढासब्बा डिजिटल युट्युब च्यानल रिकभर भएसँगै फिल्मको प्रचार सामाग्री फर्किएको छ । तर च्यानलको नाम भने यद्यपी परिवर्तन गरिएको छ।

    निर्माण टिमले आजै फिल्मको नयाँ गीत सार्वजनिक गर्ने योजना बनाएका थिए। युट्युब च्यानल नै ह्याक भएपछि गीत सार्वजनिक बारेमा निर्माण टिम अन्यौलमा छन्।

    उक्त युट्युब च्यानलबाट ‘ए मेरो हजुर ३’ को ट्रेलर र दुई गीतसहित हजारौं भिडियो हटेको थियो।

    बुढासुब्बा डिजिटल दुई वर्षअगाडि पनि ह्याक भएको थियो। त्यति बेला ‘म यस्तो गीत गाउँछु २’ को प्रचार सामग्री राखिएको थियो।

    झरना थापाले निर्देशन गरेको फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको मुख्य भूमिका छ। यो फिल्म वैशाख १ गतेबाट प्रदर्शन हुँदैछ।

    यही मितिमा कन्नड फिल्म ‘केजिएफ च्याप्टर २’ पनि प्रदर्शन हुँदैछ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु