१४ वर्ष पछि सार्वजनिक भयो ‘तिमीले साथ’को अफिसियल भिडियो

म्यूजिक खबर
प्रकाशित: ७ जेष्ठ २०८०, आईतवार

काठमाडौं । १ दशक अघि एफएम रेडियोमा सर्वाधिक बजेको र धेरै श्रोताको मनमुटुमा बस्न सफल गीत ‘तिमीले साथ’को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतका गीतकार डेकेन्द्र श्रेष्ठको युट्युव च्यानल ‘डेकेन्द्र श्रेष्ठ प्रडक्सन’ मार्फत १४ वर्ष पछि सार्वजनिक भएको हो ।
त्यति बेलाको म्युजिक एण्ड एक्सरे ब्याण्डका गायक जितेन लेप्चाको गीतमा स्वर रहेको छ। एल्वम फरकमा समावेश यस गीतलाई रन्जना अडियो क्यासेटले उत्पादन गरेको थियो। पुरुषोतम श्रेष्ठले छायाँकन गरेको भिडियोमा सारा गुरुङ र सुमन लामाको अभिनय रहेको छ।

बिजेन्द्र गुरुङले सम्पादन गरेको भिडियोमा राजिव शर्माको निर्देशन रहेको छ। केहि वर्ष अघि गायक लेप्चाले समेत यो गीतलाई नयाँ संगीत संयोजन सहित सार्वजनिक गरिसकेका छन्। यो गीत आज पनि दर्शक स्रोतामाझ उत्तिकै लोकप्रिय छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु