• भारतिय अभिनेताले नेपालीलाई किन दिए बिएमडब्लु सुपरबाइक उपहार ?

    म्यूजिक खबर
    प्रकाशित: १० जेष्ठ २०८०, बुधबार

    काठमाडौं । अचानक नेपाल भ्रमणमा आएपछि दक्षिण भारतीय अभिनेता अजित कुमार थप चर्चित बने। अभिनेता अजित बाइकका सौखिन हुन् । उनले हालै बाइकमार्फत नेपाल र भुटानको यात्रा गरे ।

    स्रोतका अनुसार आगामी नोभेम्बरमा उनी पुनः बाइक यात्रा थाल्दै छन् । यतिबेला भने उनले दयालु स्वभाव र व्यवहारका कारण प्रशंसकको मन जितेका छन् । अजितले सुगत सतपथीसँग नेपाल र भुटान भ्रमण गरेका थिए ।

    त्यसपछि धन्यवादको प्रतीकको रूपमा अजितले आफ्नो नेपाल बाइक टुर आयोजना गरेकोमा सुगतलाई १२ लाख भारु मूल्य पर्ने सुपरबाइक उपहार दिएका छन् ।

    सुगतले अजितका लागि दुईपटक बाइक यात्राको आयोजना गरेका थिए । सम्मानस्वरुप अजितले सुगतलाई १२ लाख भारु पर्ने बीएमडब्लु सुपरबाइक उपहार दिएका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु