अभिनेत्री एलिना बास्कोटा ‘गाह्रो छ’ भन्दै आइन (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ५ आश्विन २०७६, आईतवार

काठमाडौं । पछिल्लो समयकी लोकप्रिय गायिका मिना निरौलाको स्वरमा ‘गाह्रो छ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा अभिनेत्री तथा मोडल एलिना बास्कोटाको अभिनय रहेको छ । अभिनेत्री एलिनाले थुप्रै म्युजिक भिडियो र नेपाली सिनेमामा काम गरिसकेकी छन् र बास्कोटा सँगै पञ्जाबी मोडल ह्यारी चहलको अभिनय गरेको गीतमा नेपाली मोड लोमस र सनतोषले पनि उक्त गीतका अभिनय गरेका छन् भने बाहुबली नाम दिएको कुकरको पनि अभिनय हेर्न सकिन्छ ।

उक्त गीतमा राजकुमार बगरको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई प्रज्वल राज घिमिरेले निर्देशन गरेका हुन् भने आइटम बिटमा निर्माण गरिएको गीतले दर्शकको मन जित्ने निर्माण टिमको भनाई छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु