
विवाह भएको १ वर्ष नबित्दै एलिना र विष्णुको वैवाहिक सम्बन्ध धरापमा ?
एलिना – भन्छिन् ‘एक्लै पनि जिन्दगी चल्दो रहेछ’
गायिका एलिना चौहान सांगीतिक फाँटमा प्रवेश गरेदेखि नै सधैं चर्चामा आइरहने नाम हो । जसरी उनले गाएका गीतहरु पपुलर छन्, उसैगरि यो या त्यो बहानामा उनको चर्चा पनि भइनै रहन्छ । कहिले अन्तर्वातामा दिएको अभिव्यक्तिका कारण त कहिले महोत्सवमा दिएको प्रस्तुतिका कारण पनि उनको चर्चा चुलिएको पाइन्छ। । यतिबेला भने वैवाहिक सम्बन्धको कुरालाई लिएर उनी चर्चामा छिन् । वैवाहिक जीवनमा दरार आएको भन्ने चर्चाले अहिले सामाजिक सञ्जाल निकै तातेको छ । उनको विवाह भएको एक वर्ष पनि भएको छैन ।
गत वैशाख ५ गते उनले बागलुङका विष्णु सापकोटासँग धुमधामले विवाह गरेकी थिइन् । विष्णु, जो अस्ट्रेलियामा रेस्टुरेन्ट सहित अन्य व्यवसाय गर्दै आएकमा छन् । विवाहपछि एलिना पनि अस्ट्रेलिया गएकी थिइन्। एलिना अब अष्ट्रेलियानै बस्ने काम पर्दा मात्र नेपाल आउने विष्णुले त्यतिबेला बताएका थिए । तर छोटो समयमै एलिना नेपाल फर्किइन् र लामो समय भइसक्दा पनि अष्ट्रेलिया फिर्ता भइनन्। नेपाल फर्केपछि उनी ओशोमार्गी भइन्, तपोवनमा गइन्। त्यसपछि विवाह सम्बन्धबारेमा धेरैले चासो गर्न थाले र, यतिबेला यस्तै प्रश्नहरुको को सामना गरिरहेकी छिन् ।
एलिना ओशोमार्गी बनेको बेलादेखि नै उनको यो कुराले चर्चा पाएको हो । तर यतिबेला केही दिनअघि गायिका ज्याति मगरको फेसबुक स्टाटसले चर्चामा बल पुग्यो । ज्योतिले एक चर्चित गायिकाले हिंसा सहेको आशयको पोस्ट गरेकी थिइन् । सोहि दिन दिन गायक बद्री पंगेनीले पोष्ट गरेको भिडियोले एलिना नै घरेलु हिंसामा पर्ने गायिका भनेर आम मानिसले बुझिदिए । तर केही छिनमै गायिका ज्योति र बद्रीले उक्त स्टाटस र भिडियो डिलेट गरिदिए ।
यस्तोमा हामीले एलिनासँग ‘डिभोर्स’को चर्चाबारे जिज्ञासा राख्यौं । तर एलिना यो विषयमा खासै बोल्न चाहिनन् । उनले भनिन् ‘म अहिले तनावमा छु’ । मिडियाले बारम्बार जहाँ जता पनि यहि प्रश्न सोध्नुहुन्छ । कतिपयले आफूखुसी कन्टेन्ट बनाउनु हुन्छ । यसरी नबनाइदिए हुन्थ्यो, व्यक्तिगत जिवन जिउन दिए हुन्थ्यो जस्तो त लाग्छ तर सबैको मायाले गायिका बनेकी आलोचनालाई पनि खेप्न सक्नु पर्छ भन्ने बुझेकी छु ।
यसअघि, अस्ट्रेलियामा बनाएको टिकटक भिडियोमा उनको अनुहारमा निलडाम देखिएपछि घरेलु हिंसाको शिकार भएको चर्चा भएको थियो। तर एलिनाले त्यसलाई मेकअप भन्दै प्रष्टीकरण दिएकी थिइन्।
यसअघि एलिना र विष्णुको ब्रेकअपको खबर बाहिरिएका बेला एलिानले कट्टा हानिदिन्छुु गीत सार्वजनिक गरेकी थिइन् । अहिले वैवाहिक जीवनको चर्चा भइरहँदा एलिनाले ‘एक्लै पनि जिन्दगी चल्दो रहेछ’ बोलको नयाँ गीत सार्वजनिक गरेकी छिन्, जुन उनको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यसले डिभोर्सको हल्लालाई थप बल पुगेको छ। एलिनाको स्वर रहेको उक्त गीतमा रोशन सिंहको शब्द तथा संगीत रहेको छ ।
एलिनाका श्रीमान विष्णु अहिले अस्ट्रेलियामा छन् भने एलिना नेपालमै विभिन्न कन्सर्टमा व्यस्त छिन् । अब तपाईं अस्ट्रेलिया कहिले जाने भनेर हामीले प्रश्न गर्दा यो विषयमा अहिले कुरा नगरौं न है उनले भनिन् ।