एलिनाको तीज गीतमा अन्जलीको ठुम्का ! हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: २६ असार २०७५, मंगलवार

काठमाडौ २६,आषाढ । गायिका एलिना खनालले यसबर्षको तीजको कोसेली ‘मुख चुच्चो पार’बोलको गीत सार्बजनिक गरेकी छिन् । गीतमा एलिनाको साथमा गणेश अधिकारीको स्वर छ । गणेश अधिकारीको शब्द तथा संगीत रहेको गीतको भिडियोलाइ स्मृति तिमल्सिना गुरुआमाले निर्देशन गरेकी हुन् ।

गीतको भिडियोपनि सार्वजनिक भइसकेको छ । भिडियोमा पछिल्लो समय चर्चामा रहेकी मोडल अन्जली अधिकारीको नृत्य छ । साथै उनीसँगै सुजन कोइराला र अर्जुन कुँवरले नृत्य गरेका छन् । भिडियो सुरेश श्रेष्ठले खिचेका हुन् भने प्रकाश धमलाले सम्पादन गरेका हुन् । सुत्र इन्टरटेन्टमेन्टको युट्युब मार्फत सार्वजनिक भिडियो दर्शकले छोटो समयमै रुचाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु