• एलिजा र यशराज अभिनित ‘बिस्तारै बिस्तारै’ सार्बजनिक

    म्यूजिक खबर
    प्रकाशित: २७ माघ २०७७, मंगलवार
    Aliza Gautam

    काठमाडौँ । नेपाली सिने क्षेत्रका चर्चित तथा बरिष्ट नृत्य निर्देशक गोबिन्द राइले निर्माण, निर्देशन तथा कोरियोग्राफी गरेको बहुप्रतिक्षित गीत ‘बिस्तारै बिस्तारै’को म्युजिक भिडियो सार्बजनिक भएको छ। लोकप्रिय गायक प्रताप दास र कविता श्रेष्ठको सुमधुर स्वरमा सजिएको नयाँ गित ‘बिस्तारै बिस्तारै’ निर्देशक गोबिन्द राईले आफ्नै युट्युब च्यानल बाट रिलिज गरेका हुन्।

    गीतकार राजेश कुमार श्रेष्ठको शब्द तथा एलिश कार्कीको संगीत रहेको भिडियोलाई गोबिन्द राईले निर्देशन गरेका छन् भने ज्ञानु सुब्बाले कोरियोग्राफी गरेका छन् । दिपेन बस्नेतको छयांकन तथा सम्पदान रहेको सार्बजनिक भिडियोमा पछिल्लो समयको चर्चित नायिका एलिजा गौतम र अभिनेता यशराज गराचलाई फिचर्ड गरिएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु