म्यूजिकखबरमा अन्तरर्वार्ता दिँदा कलाकारलाई रोयल्टी

म्यूजिक खबर
प्रकाशित: १७ भाद्र २०७४, शनिबार

१७ भाद्र २०७४, काठमाडौं । म्यूजिक खबर ग्रुप अन्तर्गत संचालित म्यूजिक खबर अनलाईन टिभीले कुनै स्रष्टाको अन्तरवार्ता लिँदा रोयल्टी प्रदान गर्ने भएको छ । स्रष्टाको अन्तरवार्ता लिएर यूट्यूबमा प्रकाशित गरिसकेपछि त्यो स्वतः व्यवसायिकतामा गएको हुँदा म्यूजिकखबरले अन्तरर्वाताबाट आएको रकमको ४० प्रतिशत रकम कलाकारलाई दिने घोषणा गरेको हो । अन्तरर्वाता लिँदा नै सम्झौतापत्रमा हस्ताक्षर गरेर ४० प्रतिशत कलाकारलाई र ६० प्रतिशत आफूले राख्ने गरी शर्तहरुमा सम्झौता गराएपछि मात्र यूट्यूवमा प्रकाशित गर्ने म्यूजिकखबरले जनाएको छ ।

विदेशका केही उदाहरण हेर्ने हो भने टेलिभिजन, रेडियो लगायतका संचारमाध्ममा अन्तरवार्ता दिँदा रोयल्टी दिने परम्परा छ तर हाम्रो मुलुकको परिवेश अनुसार त्यो परम्पराको थालनी नभए पनि यूट्यूबमा व्यवसायिक रुपमा प्रकाशित गरेवापत रोयल्टी प्रदान गर्ने सुरुवात सम्भवतः म्यूजिक खबर पहिलो हुनसक्छ । स्रष्टाकै हितका लागि हामीले काम गरिरहेका छौं भने व्यवसायको केही प्रतिशत रकमबाट कलाकारलाई दिनु उचित देखेर म्यूजिकखबरले यस कार्यको थालनी गरेको हो ।

जसको सुरुवातामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष एवं वरिष्ठ गायक अमर विरही गुरुङको अन्तरर्वातालाई प्रकाशित गरिएको छ । गायक गुरुङले आगामी भाद्र ३१ गते प्रज्ञा प्रतिष्ठानको हलमा एकल साँझ सम्पन्न गर्न गइरहनु भएको छ । सोही परिवेश र नेपाली गीतसंगीतलाई केन्द्रित गर्दै उहाँसँग कुराकानी गरिएको हो । अन्तरवार्तामा उहाँले भन्नुभएको छ – लोकगीतमा लोकपन अर्थात् मौलिकता हराउँदै गयो, विकृति बढ्दै आयो । समयअनुसार भन्दै हामीले यसलाई बढावा दिन हुँदैन ।

बाँकी भिडियो अन्तरवार्ताबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु