गायक अमर राई भन्छन् ‘के पायौ र धन ?’

म्यूजिक खबर
प्रकाशित: ३० फाल्गुन २०७५, बिहीबार

काठमाडौं । प्रतिभाशाली गायक अमर राई पछिल्लो समय आफूलाई गीतसंगीतको क्षेत्रमा नै समर्पित गरिरहेका छन् । लामो समय प्रवासको बसाइपछि घरबासमा आएर संगीतमा निरन्तर लागिरहेका गायक राईले आजबाट ‘के पायौ र धन ?’ बोलको गीतलाई यूट्यूबबाट सार्वजनिक गरेका छन् । प्रवासमा रहँदा नै उनले ‘इमोर्टल’ एल्बम बजारमा ल्याएका थिए । त्यसपछि निरन्तर गायनमा नै लाग्ने सोचले प्रवासको बसाई छाडेका उनले नेपाल आएपछि केही गीत गरे पनि आजबाट सार्वजनिक भएको यो गीतबाट आफू निकै आशावादी रहेको गायक राई बताउँछन् ।

 

जितेन लेप्चाको शब्द र संगीत रहेको यो गीतमा अमर राईको स्वर रहेको छ । फणिन्द्र राईको संगीत संयोजन रहेको यस गीतलाई सुमन खड्काले मिक्सिङ गरेका हुन् । यस गीतको भिडियोमा विकास लामिछाने र सिर्जना जीसीलाई फिचरिङ गरिएको छ । भिडियोलाई मिलन शंकरले निर्देशन एवं छायाँकन गरेका छन् भने उत्तर मगरको सम्पादन रहेको छ । के पायौ र धन ? गीतलाई शुभकामना मिडिया सोलुशनले बजार व्यवस्थापन गरेको छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु