• अम्बिकाको गीतमा किन भए शंकर थापा अलाराउन्डर (भिडियो हेर्नुहोस्)

    म्यूजिक खबर
    प्रकाशित: १३ असार २०७६, शुक्रबार २०:३५
    Shankar Thapa

    काठमाडैं । गीतकार अम्बिका गुरुङको गीतमा गायक तथा संगीतकार शंकर थापा अलराउन्डर भएर देखिए । गायक शंकर थापा स्माइलको स्वरमा रहेको नयाँ म्युजिक भिडियो ‘अल राउण्डर’ सार्बजनिक भएको छ । दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक बजारमा चर्चा कमाउन सफल गायक शंकर थापा स्माइलको सुमधुर आवाज रहेको म्युजिक भिडियो ूअल राउण्डरु भर्खरै मात्र भाबसागर ईण्टरटेन्मेण्ट बाट सार्बजनिक भएको हो ।

    सयौ चर्चित गीतहरुको सर्जक बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा गायक शंकर थापा स्माइलको संगीत रहेको सार्बजनिक गीतमा र्यापर सुदिप अनडिफिटेडको र्याप रहेको छ । छायाँकार ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेको भिडियोलाई सुजन मार्फा तामाङले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । म्युजिक भिडियोमा डान्स प्लस ४ का फस्ट रनरअप सुजन मार्फा तामाङ तथा एलिएड २० क्रिउलाइ फिचरिङ गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु