• गायिका अमृताको ‘खोई त मेरो कुरा बुझेको’

    म्यूजिक खबर
    प्रकाशित: २२ मंसिर २०८०, शुक्रबार
    Amrita Limbu

    काठमाडौं । गायिका तथा मोडल अमृता लिम्बूको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायिका अमृतासँगै शायल हेल्लोक लिम्बूको युगल स्वर रहेको ‘खोई त मेरो कुरा बुझेको’ बोल गीतको यस भिडियो शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
    गायिका अमृता विशेषगरी पुर्वेली फ्लेभरको आधुनिक गीतका लागि चर्चित छिन् । तर, यसपटक अमृताले यसअघिका आफ्ना गीतहरुभन्दा फरक स्वाद दर्शक तथा श्रोतालाई पस्कने प्रयास गरेकी छन् । पुर्वेली लोकलयमै तयार पारिएको भए पनि यस गीतलाई अमृता र शायलले फिल्मी शैलीमा गाएका छन् ।

    गायनसँगै मोडलिङसमेत आएकी अमृताले विशेषगरी आफ्नो गीतको भिडियोमा मोडलिङ तथा अभिनय गर्दै आएकी छन् । तर, यस भिडियोमा भने उनले धित् खोलेर नाचेकी छन् ताकि, यस गीतको भिडियोमार्फत अमृताले आफूलाई नृत्यमा समेत अब्बल छन् । भिडियोमा अमृतासँग विनोद न्यौपानेले अनस्क्रिन रोमान्स गरेका छन् । भिडियोमा अमृता र विनोदको केमेष्ट्रि समेत जमेको छ ।

    डिपी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको यस गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् । प्रमोद भण्डारीको कोरियोग्राफी रहेको यस भिडियोलाई निश्चल पौडेलले छायाँकन गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु