• ए.एम.एस नेशनल अनर एण्ड अवार्ड २०७९ भव्य रुपमा सम्पन्न, किरण खरेललाई लाइफटाइम अचिभमेन्ट सम्मान

    म्यूजिक खबर
    प्रकाशित: १० आश्विन २०७९, सोमबार

    AMS म्यूजिक तथा इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको ए.एम.एस नेशनल अनर एण्ड अवार्ड २०७९ भव्य रुपमा सम्पन्न भएको छ । सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यतामा होटल हायत रिजेन्सीमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रतिष्ठित गीतकार किरण खरेललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । गीतकार खरेललाई रु.५१ हजार नगद राशिसहित सम्मान अर्पण गरिएको हो । त्यसैगरी विशिष्ट निर्देशक, कलाकार नीर शाह र विशिष्ठ अभिनेता शिव श्रेष्ठलाई रु.२१ हजार नगद राशिसहित विशिष्ठ सम्मान अर्पण गरिएको थियो ।
    गायक उर्गेन दोङ र गायिका रेश्मा पुन उत्कृष्ट आधुनिक गायक गायिका हुन सफल भए । गायक दोङले टाढा भए पनि गीतबाट अवार्ड चुम्न सफल भएका थिए भने गायिका रेश्मा पुनले केशरी गीतबाट अवार्ड चुम्न सफल भएकी थिइन् । त्यसैगरी लोकदोहोरी तर्फ गायिका शान्तिश्री परियार र गायक प्रकाश सपुत उत्कृष्ट गायक गायिका घोषित भए । गायिका परियारले चौका दाउ गीतबाट अवार्ड चुमेकी हुन् भने गायक सपुतले यो देश हाम्रो पनि होइन र गीतबाट अवार्ड चुम्न सफल भएका थिए ।
    त्यसैगरी गायक शिव परियार र गायिका मिलन नेवार वर्षको पपुलर गायक गायिका हुन सफल भए । त्यस्तै लोकदोहोरीतर्फ गायिका देवी घर्ती र गायक रामजी खाँड पपुलर गायक गायिका घोषित भए भने निर्देशक प्रकाश भट्ट पपुलर निर्देशक ठहरिए ।
    त्यसैगरी चलचित्रतर्फबाट गायक प्रताप दास र गायिका प्रविशा अधिकारी चलचित्र प्रेम गीतको हर युग गीतबाट उत्कृष्ट गायक गायिका घोषित भए । त्यस्तै अर्जुन पोखरेल सम्हालिन्छ कहिले मनको जरुरी कुरा छ बाट उत्कृष्ट संगीतकार घोषित भ एभने म यस्तो गीत गाउँछु चलचित्रको पीडा भए पनि गीतबाट दिग्गज द्यौराली उत्कृष्ट गीतकार घोषित भए ।
    ए.एम.एस. अनर एण्ड अवार्ड एक विशेष र फरक प्रकृतिको सम्मानको कार्यक्रम भएको अवार्डकी अध्यक्ष सत्यकला लामा तामाङले बताइन् । सम्पूर्ण कला जगतको प्रतिनिधिमूलक अवार्डका रुपमा लिएको बताउँदै अध्यक्ष सत्यकलाले समाजमा भइरहेका भन्दा फरक तरिकाले प्रस्तुत हुने र कला क्षेत्रमा विशेष योगदान पु¥याउनुहुने स्रष्टा कलाकारको सम्मानमा यो अवार्डको आयोजना गरिएको बताइन् । अवार्डको निर्णायक मण्डलमा गीतकार सुमन बैरागी र निर्देशक माधवराज खरेल रहेका थिए । कार्यक्रमको व्यवस्थापकका रुपमा गायक संगीतकार सुभास प्रधान रहेका थिए भने कार्यक्रमको व्यवस्थापन मिडिया मन्त्रका अध्यक्ष विकास लामिछानेले गरेका थिए ।
    समाजको विभिन्न क्षेत्रमा योगदान पु¥याउनुहुने विशिष्ठ व्यक्तित्वलाई सम्मान र चर्चा एवं लोकप्रियता हासिल गर्नुभएका स्रष्टा र सिर्जनालाई अवार्ड प्रदान गरेर सम्मान एवं हौसला प्रदान गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सम्मान र अवार्डको कार्यक्रमलाई विशेष रुपमा प्रस्तुत गरिएको र आगामी दिनमा विदेशमा पनि यो कार्यक्रमको आयोजना गर्ने बताइएको थियो । कार्यक्रमको संचालन संचारकर्मी नरेश भट्टराई र सेसेमी लिम्बूले संचालन गरेका थिए ।

    अवार्ड प्राप्त गर्ने स्रष्टा कलाकारको सूची निम्न छन्
    आधुनिकतर्फ
    टाढा भए पनि उत्कृष्ट गायक उर्गेन दोङ
    केशरी उत्कृष्ट गायिका रेश्मा पुन
    ए झरी उत्कृष्ट गीतकार रोशन सिंह
    नोगेन उत्कृष्ट संगीतकार महेश खड्का
    यो भाग्यमा खोट छ उत्कृष्ट निर्देशक विक्रम चौहान
    यो भाग्यमा खोट छ उत्कृष्ट मोडल गीता ढुंगाना
    छुनुमुनु उत्कृष्ट मोडल सागर लम्साल बले
    धोकेबाजको राज्य उत्कृष्ट नवमोडल अभि लामा
    जून र तारा उ्रत्कृष्ट नवमोडल मिलन थिङ तामाङ
    मेरो माया करोडमा बेष्ट भोकल पर्फमेन्स अफ दि इयर सोना अमात्य
    सुन सानु कथा बेष्ट भोकल पर्फमेन्स अफ दि इयर विनोद ढकाल

    चलचित्रतर्फ
    पीडा भए पनि
    (म यस्तो गीत गाउँछु) उत्कृष्ट गीतकार दिग्गज द्यौराली
    जरुरी कुरा छ
    (सम्हालिन्छ कहिले मन) उत्कृष्ट संगीतकार अर्जुन पोखरेल
    हर युग
    (प्रेम गीत) उत्कृष्ट गायक प्रताप दास
    हर युग
    (प्रेम गीत) उत्कृष्ट गायिका प्रविशा अधिकारी
    प्रेम गीत उत्कृष्ट अभिनेता प्रदीप खड्का
    म यस्तो गीत गाउँछु उत्कृष्ट अभिनेत्री पूजा शर्मा
    (प्रेम गीत) उत्कृष्ट सम्पादक बनिश शाह÷भूपेन्द्र अधिकारी
    कबड्डी–४ उत्कृष्ट निर्देशक रामबाबु गुरुङ

    भाषाभाषी
    तामाङतर्फ

    गदे जेवा जामे उत्कृष्ट गायक विशाल काल्देन
    चमचम उत्कृष्ट गायिका सिर्जना स्याङ्तान
    गदे जेवा जामे उत्कृष्ट संगीतकार चन्द्र कुमार दोङ
    चमचम उत्कृष्ट निर्देशन हेरुका लामा
    ए बिना नाग उत्कृष्ट मोडल सागर घिसिङ
    याङसरी माया उत्कृष्ट नवमोडल छोङ्गपा रिन्छेन शेर्पा

    मैथली भाषा
    मिथिला हमार जान उत्कृष्ट शब्द संगीत समीर खान

    थारु भाषा
    विन्दिया बोलाए सजना उत्कृष्ट गायन अनु चौधरी
    चल्ते चल्ते उत्कृष्ट मोडल चन्द्रकला कटुवाल

    नेपालभाषा
    जोरा जोरा पर्सी उत्कृष्ट गायन सरिता शाही

    देउडा
    ओइ काजल उत्कृष्ट गायक चक्र बम
    जौ पात उत्कृष्ट गायिका पुष्पा बोहरा

    काठे गीत
    मिरमिरे साइली उत्कृष्ट गायक अमृत खाती
    खोला खाल्सी उत्कृष्ट गायिका सिर्जु अधिकारी

    लोकदोहोरीतर्फ
    यो देश मेरो पनि हैन र उत्कृष्ट गायक प्रकाश सपुत
    चौका दाऊ उत्कृष्ट गायिका शान्ति श्री परियार
    पछ्यौरी लिस्यो उत्कृष्ट गीतकार रविन लामिछाने
    डाँडाघरे साइली उत्कृष्ट संगीतकार श्रीकृष्ण बम मल्ल
    घर कता हो बैनीको उत्कृष्ट नवगायक प्रकाश दूतराज
    झ्यालमा पर्दा छ उत्कृष्ट नवगायिका सुमन थापा मगर
    रमरम मरौटी उत्कृष्ट निर्देशन रामजी लामिछाने
    डाँडाघरे साइँली उत्कृष्ट मोडल करिश्मा ढकाल
    घर कता हो बैनीको उत्कृष्ट मोडल विजय पुन

    प्राविधिकतर्फ सिर्जनातर्फ
    दूरी उत्कृष्ट छायाँकार ज्ञानेन्द्र शर्मा
    जेल पनि सहुँला उत्कृष्ट सम्पादक विष्णु खड्का
    झम्के माया उत्कृष्ट एरेन्जर आशिष अबिरल
    सख्खर चिनी उत्कृष्ट मिक्सिङ किशोर थापा
    फुटेका चुरा उत्कृष्ट कोरियोग्राफर गम्भीर विष्ट
    रेलको बाटो उत्कृष्ट कलर मिलन विश्वकर्मा
    ख्यालख्यालैमा उत्कृष्ट श्रृंगार माही सिंह

    पपुलर/इन्केजमेन्ट
    धोकेबाज पपुलर गायक अफ दि इयर शिव परियार
    फुलबुट्टे सारी पपुलर गायिका अफ दि इयर मिलन नेवार
    जिन्दगी पानीको फोका पपुलर गायक अफ दि इयर रामजी खाँड
    बनकी चरी पपुलर गायिका अफ दि इयर देवी घर्ती
    मन परेको मान्छे पपुलर निर्देशक अफ दि इयर प्रकाश भट्ट
    बेचेर सपना पपुलर मोडल अफ दि इयर पुष्प खड्का
    कुरा काट्ने पपुलर गीतकार विश्वनाथ योञ्जन
    डिजे अफ दि इयर डिजे छेवाङ शेर्पा
    मन मगन इन्करेजमेन्ट अवार्ड संजीव मगर जान

    सम्मानित व्यक्तित्वहरु
    – अनिल कुमार यादव, बैंकर विशेषज्ञ – बैंक तथा वित्तिय व्यवसायी विशेष सम्मान
    – श्रीमान् काजी केसी (दुर्गाबहादुर खत्री) –राष्ट्रिय समाजसेवा विशेष सम्मान
    – आनन्द पुन– पत्रकारिता योगदान विशेष सम्मान
    – कुशल बहादुर केसी– पत्रकारिता योगदान विशेष सम्मान
    – सपना रोकाय– समाजसेवी योगदान विशेष सम्मान
    – नरेश भट्टराई – राष्ट्रिय चलचित्र पत्रकारिता योगदान विशेष सम्मान
    – प्रकाश चन्द्र सुवेदी – राष्ट्रिय चलचित्र पत्रकारिता योगदान विशेष सम्मान
    – कलम राई – राष्ट्रिय चलचित्र नृत्य विशेष सम्मान
    – विमला राई बरिष्ठ गायिका– राष्ट्रिय गायिका विशेष सम्मान
    – डा. दीपक खरेल बरिष्ठ गायक राष्ट्रिय गायक विशेष सम्मान
    – डा. कृष्णहरि बराल बरिष्ठ गीतकार– राष्ट्रिय गीतकार विशेष सम्मान
    – शक्ति वल्लभ श्रेष्ठ बरिष्ठ संगीतकार– राष्ट्रिय सङ्गीतकार विशेष सम्मान
    – मिना महर्जन – शिक्षा सेवा विशेष सम्मान
    – ज्योत्सना श्रेष्ठ महिला व्यवसायी – महिला व्यवसायी विशेष सम्मान
    – हेमराज ढकाल स्वदेशी चिया उद्यमी – स्वदेशी उद्यमी विशेष सम्मान
    – निर्मल पुर्जा – पर्वतारोही कीर्तिमान विशेष सम्मान
    – क्याप्टेन विजय लामा – विमान चालक सेवा विशेष सम्मान
    – डा. सन्दुक रूइत नेत्र विशेषज्ञ – चिकित्सक सेवा विशेष सम्मान
    – डा. भोला रिजाल बिशिष्ट चिकित्सक एवम् गीतकार– चिकित्सक सेवा विशेष सम्मान
    – चन्द्र ढकाल बैङ्कर– बैंक तथा वित्तिय व्यवसायी विशेष सम्मान
    – बरिष्ट अभिनेत्री करिष्मा मान्नधर – राष्ट्रिय चलचित्र अभिनेत्री बिशेष सम्मान
    – आकाश अधिकारी – राष्ट्रिय चलचित्र निर्देशक विषेश सम्मान ।
    – बरिष्ट अभिनेत्री रेखा थापा – राष्ट्रिय चलचित्र अभिनेत्री बिशेष सम्मान
    – अभिनेत्री उमा गिरी – राष्ट्रिय चलचित्र अभिनेत्री बिशेष सम्मान
    – बिशिष्ट अभिनेता शिव श्रेष्ठ – राष्ट्रिय चलचित्र विशिष्ट अभिनेता
    – वरिष्ठ अभिनेता नीरविक्रम शाह –राष्ट्रिय चलचित्र अभिनेता÷स्रष्टा विशिष्ट सम्मान
    – लाइफटाइम अचिभमेन्ट अवार्ड – वरिष्ठ गीतकार किरण खरेल ज्यू

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु