अभिनेत्री अनामिका अब गायिका पनि

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७८, शुक्रबार

काठमाडौं । अभिनेत्री एंव मोडल अनामिका चौलागाईं अब गायिका भएकी छिन् । बिभिन्न चलचित्र सहित म्युजिक भिडियोकी मोडल अनामिका चौलागाईंले माया गर्ने मान्छेले कहिले काही रीसाउननी पाउँछ , बोलको गीत बजारमा ल्याएकीहुन् ।

गीतको शब्द शान्तिप्रियको रहेको छ । गीतको संगीत राम सिटौलाले गरेका हुन् भने एरेञ्ज राजेन्द्र बजगाईंले गरेका हून् । गीतको भिडियो पनि तयार पारीएको छ ।भिडियोमा गायिका अनामिका चौलागाईं नै फिचरिङ छिन् । श्रृंगार भने पवित्रा भट्टराईको रहको छ ।

भिडियो गोविन्द अञ्जानले छायांकन गरेका हुन् भने रंग संयोजन एवं सम्पादनबिनोद बमले गरेका हुन् । भिडियोमा क्यामरा असिस्टेनको रुपमा राममणी ढकाल छन् भने प्रोडक्सन दीपक थापाले हेरेका हुन् ।

भिडियोको निर्देशन गीतकार स्वयंशान्तिप्रियले गरेका छन् । छायांछवि क्रियशनले भिडियोनिमार्ण गरेको हो । सीसी नेपाल युट्युबच्यानल बाटगीत रीलीज गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु