आनन्द र मिलनले दिएको त्यो प्रस्तुति, जसलाई ५ करोड बढीले हेरे (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २२ मंसिर २०८०, शुक्रबार

काठमाडौं । सन् २०१८ मा ‘यु पी एफ’ नेपालको आयोजनामा राजधानीमा सम्पन्न एसिया प्यासिफिक सम्मेलनमा लोकप्रिय गायक आनन्द कार्कीले आफ्नो सुपरहिट गीत ‘जनम जनम जिउँला सँगै भाकेर बर पिपलु’ गाएर दर्शक श्रोतालाई मन्त्रमुग्ध पारे । नेपाली चलचित्र ‘वर पिपल’ का लागि सुनिता सुब्बासँग गाएको उक्त गीतलाई यस प्रस्तुतिमा भने गायिका मिलन नेवारले साथ दिइन् । ५००० हजार बढी दर्शकमाझ गाएको भिडियोलाई सन् २०१८ को डिसेम्बरमै गायक कार्कीले आफ्नो युट्युब च्यानमा अपलोड गरे ।

उक्त भिडियो अपलोड हुने बितिकै गीतको पुनः चर्चा चुलियो । बिर्सेकाले गीतसँगै विगतलाई फेरि स्मरण गरे, नसुनेकाले सुनेर लठ्ठ परे । आनन्दसँग मिलनको स्वरको प्रंशसा भएका कमेन्टहरु सजिए । दिनानुदिन गीतको भ्यूज पनि बढ्न थाल्यो ।

यतिबेला गीतको उक्त भिडियोले युट्युबमा ५ करोड भ्यूज नघाएको छ । गीतको चर्चा चुलिएपछि गायक कार्कीले गीतको ‘रिक्रियट’ गरेर अर्को भिडियो सार्वजनिक गरे ।
चलचित्रको गीतमा आनन्द कार्की र सुनिता सुब्बाको स्वर रहेको सो गीतको भिडियोमा दिवङ्गत अभिनेता श्रीकृष्ण श्रेष्ठ र पूजा चन्दले अभिनय गरेका थिए ।

उक्त गीतको ‘रिक्रियट भर्सन’को म्युजिक भिडियोमा आनन्द कार्कीलाई मिलन नेवारले गायनमा साथ दिएकी छिन् भने यशराज गराच तथा वर्षा राउतले अभिनय गरेका छन् । भिडियोको निर्देशन सुब्रत आचार्यले गरेका छन् । कर्णप्रिय गीतमा शम्भूजीत बास्कोटाको सङ्गीत तथा लक्ष्मीनाथ शर्माका शब्दहरू सुन्न सकिन्छ ।

भिडियोमा सन्तोष राजवाहकको कोरियोग्राफी रहेको छ । उत्सव दाहालद्वारा छायाङ्कन गरिएको यो भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका छन् ।

आनन्द र मिलनले प्रस्तुति दिएको भिडियो :

रिक्रियट गरिएको म्यूजिक भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु