• आफ्नै गीतबाट बेहुला बने गीतकार अनिल (भिडियो हेर्नुहोस्)

    म्यूजिक खबर
    प्रकाशित: २ जेष्ठ २०७६, बिहीबार

    काठमाडौं । गीतकार अनिल खनाल यतिखेर आफ्नै गीतबाट बेहुला बनेका छन् । गीतकार अनिल खनालको शब्द तथा संगीतमा रहेको गीत ‘पञ्चे बाजा’को भिडियोमा बेहुला बनेर सार्वजनिक भएका छन् । गीतमा तेजु परियार र देवी घर्तीमगरको स्वर रहेको छ । गीतको संगीत संयोजन आशिष अबिरलको रहेको छ ।

    गीतको भिडियोमा गीतकार अनिल बेहुलाको भूमिकामा देखिएका छन् भने रमेश थापा, सरु गिरी र रुषा तामाङको अभिनय रहेको छ । भिडियोको छायांकन करन चौसिरले गरेका छन् । भिडियोका निर्देशक मौसम हिमाली हुन् । यस भिडियोको सम्पादन भने मनोज कार्की रहेका छन् । भिडियोलाई आशिष अबिरलको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु