बासनाभित्र रमाउँदै अनिता र रितकुमार (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २५ चैत्र २०७५, सोमबार

काठमाडौं । पछिल्लो समयको ट्रेन्डलाई पछ्याउँदै शुभकामना मिडिया सोलुशनको प्रस्तुतिमा कृश बहादुर कार्कीको लोकदोहोरी गीत ‘बासना’ बजारमा आएको छ । गायक रितकुमार श्रेष्ठ र गायिका अनिता कुँवरको स्वरमा रहेको लोकदोहोरी गीत ‘बासना’लाई संचारकर्मी किस्ना आचार्य रोशनीले शब्द लेखेकी हुन् भने जीवन बिसीको संगीत रहेको छ । यो भन्दा अघि तिज गीत एवं आधुनिक गीतमा स्वर दिँदै आएकी गायिका अनिताले लोकदोहोरी गीतमा भने पहिलोपटक आफ्नो स्वर दिएकी हुन् ।

बासनाको म्यूजिक भिडियोमा नारायण ढकाल, करिश्मा ढकाल र जेम्स बिसीको साथमा सम्झना कार्की र सुवास ढकालको समेत अभिनय रहेको छ । भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन गरेका छन् भने प्रकाश धमलाले सम्पादन गरेका छन् । भिडियोको निर्देशन भने स्मृति तिमिल्सिना ‘गुरुआमा’ले गरेकी हुन् । भिडियोलाई म्यूजिक खबरको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु