
काठमाडौं । चर्चित मोडल अन्जली अधिकारी र नायक दिपक ढकाल फिचर्ड म्युजिक भिडीयो ‘हिजो सम्म’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सन्तोस तामाङको शब्द तथा राकेश ओलीको स्वर तथा संगीत सुन्न सकिन्छ ।
भिडियोमा प्रेम र बिछोड देखाईको भिडियोमा श्रुति ओलीको समेत बिशेष भूमिका रहेको छ । भिडियोलाइ निर्देशन जेनिथ शर्माले गरेका छन् भने मुना खरेलको कन्सेप्ट देख्न सकिन्छ । भिडियोलाई सुजन साहीले सम्पादन गरेका हुन् भने छायाँकन हरिश महराको रहेको छ ।