सुर्य खड्काको तीज गीतमा अञ्जलीको ‘सारी फरर’

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७६, बुधबार

लोकप्रिय गायक सुर्य खड्का,निर्मल क्षेत्री र सिता श्रेष्ठको आवाज रहेको ‘सारी फरर’ बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ । नेपाली दिदीबहिनीहरुको महान पर्व हरितारीका तीज आउन अझ एक महिना भन्दा धेरै बाँकी छ तर तीजलाई लक्षीत गरि गीतहरु सार्वजनिक हुनेक्रमले भने तिव्रता भएको छ । सुर्य खड्काको लय तथा शब्द सिर्जना रहेको गीतमाया प्रेमलाई निकै रमाइलो सँग उठाइएको छ । भिडियोमा अञ्जली अधिकारी र निक्स शर्माको अभिनय रहेको रहेको छ भने गीतको भिडियोलाई शंकर विसीले निर्देशन गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु