
काठमाडौं– गायक युवराज कार्कीको नयाँ गीत ‘पिलाएपछि’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा ‘बोल माया’ र ‘गलबन्दी’जस्ता चर्चित गीतमा अभिनय गरेर चर्चा कमाएकी मोडल अञ्जली अधिकारीको अभिनय रहेको छ । सोही भिडियोमा अन्जलीसँगै कमल, साया, प्रिन्स लगायतको पनि अभिनय रहेको छ । उक्त गीतमा गायक युवराजकै शब्द र संगीत रहेको छ भने सोही गीतमा विशाल निरौलाको एरेन्ज गरेको छ ।
उक्त गीतको भिडियोलाई अर्जुन तिवारी खिचेका हुन भने सोही गीतको भिडियोलाई कोरियोग्राफी एवम् निर्देशन विक्रम चौहानले गरेका छन । र भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेको हुन् । उक्त गीतलाई टंक बुढाथोकीको युट्बच्यानलबाट सार्वजनिक गरिएको छ ।
े
ि