अन्जना गुरुङको एकल सांगीतिक साँझ हुँदै

म्यूजिक खबर
प्रकाशित: ११ कार्तिक २०८२, सोमबार १४:३०

काठमाडौं । सुगम संगीत तथा चलचित्र पाश्र्वगायनमा स्थापित गायिका अन्जना गुरुङको एकल सांगीतिक साँझ हुने भएको छ । आगामी कार्तिक २१ गते काठमाडौंमा हुन गइरहेको एकल साँझमा गायिका गुरुङले आफ्ना दर्जनौं लोकप्रिय गीतहरु प्रस्तुत गर्ने भएकी छन् । गायिका गुरुङले आँखैमा राख्छु मेरो देश, म त काली सुन्दरी, बदनाम भएँ म, आँधीसरी तिम्रो माया, ठ्याक्कै भेटौंला, नजर नजरको, जसले मुटु चुडेर लग्यो, माइला, मान चाहे नमान जस्ता दर्जनौं गीतहरु प्रस्तुत गर्ने भएकी छन् । गायिका गुरुङको एकल साँझलाई टीका गोपाल एम क्रियशनले आयोजना गर्न लागेको हो ।

सोही अवसरमा सुदुरपश्चिमका गायक कमल वि.क. निर्मोहीलाई ५१ हजार नगद पुरस्कार समेत प्रदान गर्ने गायिका गुरुङले बताएकी छन् । सुदुरपश्चिम क्षेत्रका लोकभाकाहरुलाई स्रोता दर्शकमाझ प्रस्तुत गर्दै आएका विक पछिल्लो समयमा मृगौलाको रोगको उपचार गर्दै आइरहेका छन् ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु