अञ्जनाको ‘गाउँ र शहर तीजको लहर’ सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २४ श्रावण २०७६, शुक्रबार

काठमाडौं । गायिका अञ्जना गुरुङको स्वरमा रहेको ‘गाउँ र शहर तीजको लहर’ सार्वजनिक भएको छ । उक्त गीतमा राजकुमार बगरको शब्द, सङ्गीत तथा कमल सौरागको एरेञ्ज रहेको छ ।

लामो समयदेखि नेपाल बाहिर अमेरिकामा रहे पनि नेपाली गीत सङ्गीतमा अञ्जना र गायक कन्हैया सिंह सफल भएका छन् । उक्त गीतको भिडियोलाई स्मृति तिम्लिसिना ‘गुरुआमा’ले निर्देशन गरेकी छिन भने ‘गाउँ र शहर तीजको लहर’ गीतको भिडियोमा अपेक्षा सिंहले अभिनय गरेकी छिन । सुरेश श्रेष्ठले कोरियोग्रफी गरेको उक्त गीतको भिडियोमा प्रकाश धमलाको सम्पादन रहेको छ । उक्त गीतको भिडियोलाई अञ्जना गुरुङले आफ्नै युट्युब च्यानलबाट सार्बजनिक गरेकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु