• आइडल बनेपछि हौसिएकी एन्जिला

    म्यूजिक खबर
    प्रकाशित: ५ भाद्र २०७१, बिहीबार

    काठमाडौं, ५ भदौ । एन्जिला रेग्मी बाल प्रतिभाकी धनी हुन् । उनीभित्र भएको बाल प्रतिभामा सबैलाई मन्त्रमुग्ध पार्ने सुमधुर स्वर छ । ११ वर्षकै उमेरमा एन्जिला बुटवल आइडल बन्न सफल भइन् । त्यसपछि उनीभित्र संगीतको मोह जाग्यो र गायनतर्फ मोडिइन् । सानैदेखि संगीतमा रुची राख्ने एन्जिलाले बुटवल आइडियल बनेपछि झन् संगीतमा लाग्नुपर्छ भन्ने हौसला मिलेको हुँदा बाह्रै वर्षकै उमेरमा उनले तीन वटा गीति एल्वम प्रकाशनमा ल्याइन् । उनका तिन एल्वम समीक्षण, लुकीछीपी र एञ्जीला हुन् । गायनमा पोख्त बनेको बालप्रितिभाले उनलाई एउटा सफल गायिकाको रुपमा स्थापित गर्दैछ ।
    यतिखेर एञ्जिला नयाँ गीत लिएर आउने तयारीमा छिन् । संगीतकार रमेशराज भट्टराइको शब्द र संगीतमा एञ्जिलाले जुन दिनदेखि… बोलको गीत लिएर आउन लागेकी हुन् । आफ्नै बाबु हरि रेग्मीकै प्रेरणाले संगीतमा लागेको बताउने एन्जिलाले घर परिवार एवं अभिभावकको सहयोग बिना यो उमेरमा यस क्षेत्रमा आउन सजिलो नभएको बताउँछिन् । त्यस्तै एउटा सफल गायिका बन्नको लागि संगीतकारको पनि महत्वपूर्ण भूमिका रहेको हुँदा आफूलाई हरेक पलमा गायनको कला सिकाउँदै अघि बढ्न प्रेरित गराउने संगीतकार रमेशराज भट्टराईप्रति पनि उनी कृतज्ञ बनेकी छिन् । अब आफ्नो निरन्तर संगीत यात्रा नै भविश्यको योजना रहेको बताउने एन्जिला संगीतबाट नै आफ्नो नामलाई स्थापित गर्ने लक्ष्यका साथ अघि बढेकी छिन् ।

    anjila_nepal

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु