गायिका एञ्जिलालाई दुई युवकले ‘ओई तिम्रो छ कि छैन कोई’ ? भनेपछि भिडियो ट्रेण्डिङमा !

म्यूजिक खबर
प्रकाशित: ९ पुष २०७५, सोमबार

सुन्दर रुप र स्वरकी धनी गायिका एञ्जिला रेग्मी अविवाहित छिन् । एञ्जिलाले विवाह नगरेको सबैलाई थाहा छ, तर प्रेमी छ या छैन त्यो कसैलाई थाहा छैन । उनलाई बादल थापा र नविन रावलले प्रश्न गरेका छन् ‘ओई तिम्रो छ कि छैन कोई’ । प्रतिउतरमा उनले ‘छैननी मेरो कोई’ भनेर जवाफ दिएकी छिन् । प्रसंग एन्जिलाको वास्तविक जीवनको नभई सार्वजनिक नयाँ गीतको हो ।

एञ्जिला रेग्मी, बादल थापा र नविन रावलको आवाज रहेको ‘ओई’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द मिलन बिस्टको रहेको छ भने संगीत नविन रावलको रहेको छ ।

‘ओई तिम्रो छ कि छैन कोई’ गीत सार्वजनिक भएसँगै एञ्जिलाको यो गीतलाई दर्शकले निकै रुचाइरहेका छन् । गीतको भिडियो हाल युटुव ट्रेन्डिङ्गको तेश्रो स्थानमा पर्न सफल भएको छ । अझ गीतको ट्रेण्डिङ स्थान उकालो चढ्ने क्रममा नै छ । यसअघि एञ्जिलाले ‘दिलको भित्तामा’ बोलको गीत ल्याएका थिइन्, जुन गत सुपरहिट भएको थियो ।

राहुल शाहको निर्देशन र कोरियोग्राफी गरेको गीतमा सुनिल क्षेत्री, अलिशा शर्मा, राहुल शाह, अरुण क्षेत्री फिर्चड छन् । गीतको भिडियो छायांकन र सम्पादन पवन सुष्लिङ्गको रहेको छ ।

हेरौं भिडियो :

 

मेलिना राईले गाइन् पहिलोचोटी कौडा गीत (भिडियो हेर्नुहोस्)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु