मेलिना राईले गाइन् पहिलोचोटी कौडा गीत (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: ४ पुष २०७५, बुधबार

काठमाडौं । पछिल्लो समयमा सधैं ट्रेन्डिङमा पर्न सफल हुने गायिका मेलिना राईले पहिलोचोटी पश्चिमेली लोकभाका कौडा गीत गाएकी छिन् । पूर्वेली लोक गीत, चलचित्र गीत, आधुनिक गीतमा उनको स्वरले पछिल्लो समय कब्जा जमाएको भए पनि अब भने पश्चिमेली ठेट लोकगीतमा पनि स्वर दिन थालेकी छिन् ।

मेलिना राईले गाएको कौडा गीत ‘गोरखा डाँडा शितलु’ मा अविनाश थापा, रजनी मगर र गणेश गुरुङको स्वर रहेको छ । कौडा किङका रुपमा चिनिँदै आएका गायक गणेश गुरुङको लय र अविनाश थापाको शब्द रहेको उक्त कौडा गीत गुरुङ जाति र मगर जातिबीचको मायाप्रेममा केन्द्रित रहेको छ । मनकामनाका पूजारी खलक आस्लामी मगर समुदायमा हुर्किएका गायक अविनाश थापाले यो कौडा(चुट्का) गीत बजारमा ल्याएका हुन् ।

 

यस गीतको म्यूजिक भिडियोलाई दीप गुरुङले निर्देशन गरेका छन् । राजेश घिमिरेको छायाँकन रहेको यस गीतको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् । भिडियोमा सन्तोष थापा मगर, मनोज थापा मगर, लिला थापा मगर, लक्ष्मी गुरुङ, पार्वती गुरुङ, सुमित्रा गुरुङ (विनिता), बबिता गुरुङको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु