डेढ बर्ष देखि म्युजिक भिडियोमा नदेखिएकी अन्जु ‘मायाँको झण्डा दिलमा फरर’ मार्फत आइन बजारमा

म्यूजिक खबर
प्रकाशित: २८ चैत्र २०७५, बिहीबार

नेपाली लोक संगीत जगतकी सदाबहार नायिका अन्जु निरौलाले आफ्नै म्युजिक कम्पनीबाट पहिलो पटक ‘मायाँको झण्डा दिलमा फरर’ लोकदाहोरी गीत सार्वजनिक गर्ने भएकी छन ।आफ्नै प्रस्तुतिको रुपमा यो गीत ल्याउन लागेकी हुन । नेपाली संगीत क्षेत्रका लोकप्रिय गायक बिमल डाँगी र चर्चित गायिका माण्डवी त्रिपाठीको स्वर रहेको छ । डाँगीले एक बर्षको अन्तरालमा यो गीत गाएका हुन गीतकार गणेश चौलागाईको शब्द, बिमल डांगीको लय र बिमलराज क्षेत्रीको संगीत संयोजन रहेको छ
। भिडियोलाई नब बर्ष २०७६ को पहिलो दिन सार्वजनिक गर्ने कार्यक्रम रहेको गीतकार गणेश चौलागाँईले जानकारी दिए । निर्देशक शिब बिकले गरेको र भिडियोमा अनजु निरौला, रबिन्द्र प्रताप सेन र लोमस शर्माको अभिनय रहेको छ । भिडियोको सम्पादन भने सुजन शाहीले गरेका हुन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु