अन्जु पन्तको स्वरमा “देउरालीको कसम” सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १३ आश्विन २०७६, सोमबार

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तको स्वरमा “देउरालीको कसम” बोलको गीत सार्वजनिक भएको छ । चोखो माया पिरती लगाउने कुरा गरिएको उक्त गीतमा देउरालीको कसम भाकी मायालुलाई जीवन सुम्पिने कुरा गरिएको छ । गंम गुरुङको शब्द तथा संगीत रहेको उक्त गीतमा अर्जुन पोखरेलको एरेंज रहेको छ । “देउरालीको कसम” बोलको अर्जुन अधिकारीले निर्देशन गरेका हुन भने सोही गीतको भिडियोमा निराजन प्रधान र मरिष्का पोखरेलको अभिनय रहेको छ । निराजन प्रधान र मरिष्का पोखरेललाई एक माया गर्ने जोडीको रुपमा प्रस्तुत गरिएको भिडियोमा उनीहरुलाई माया साट्टदै देख्न सकिन्छ ।

भिडियो उत्तम हुमगाईले छायाँकन गरेका हुन् भने भिडियोलाई बिकास दाहालले सम्पादन गरेका हुन् । “देउरालीको कसम” बोलको गीतलाई ओएसआर डिजिटलको युटयुबबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु