कोइरालासँग विहे गर्दै गायिका अन्जु पन्त, चर्चितमा विहेको ड्रेस

म्यूजिक खबर
प्रकाशित: १८ माघ २०७७, आईतवार

काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त चाँडै विवाह बन्धनमा बाँधिँदैछिन् । गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध टुटाएको लामो समयपछि अञ्जुले विवाह गर्न लागेकी हुन् ।

स्रोतका अनुसार अञ्जुले थीर कोइरालासँग विवाह गर्न लागेका हुन्। सिंगल’ भएपछि विवाहको प्रश्नले घेरिरहेकी लोकप्रिय गायिका अञ्जुले अब त्यसको सामना गर्नुपर्ने छैन ।
पत्रकारहरुले विवाहको बारेमा प्रश्न गरेर हैरान बनाएपछि पछिल्लो समय छोरीकै दवावका कारण विवाह गर्ने’ बताउँदै आएकी थिइन् ।

तर, उनले अहिलेसम्म आफूले विवाह गर्न लागेको कतै खुलाएकी छैनन् । दोस्रो विवाह भएकाले पनि खुलाउन नचाहेको स्रोतको भनाइ छ ।

अञ्जु निकट स्रोतका अनुसार थिर र अञ्जुले विवाह भव्यरुपमै गर्दैछन् । तर, त्यसअघि उनीहरुले हल्ला गर्न चाहेका छैनन्।

विवाहका लागि अञ्जु र थीरको अहिले एक चर्चित बुटिकमा लुगा तयार भइरहेको छ । तर, विवाह कहिले भन्नेचाहिँ कतै बाट खुलेको छैन । गायिका अञ्जुको एक छोरी परितोशिका छिन् परितोशिकाले हालै आफ्नी आमाको एक गीतको भिडियोमा मोडलिङ गरेकी छन् ।छोरी परितोशिकाकै करले गर्दा पनि अञ्जु विवाह गर्न बाध्य भएको बताइन्छ । गीतकारसमेत रहेका थीर कोइराला अन्जु पन्त फाउन्डेशनसँग आबद्ध रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु