गायिका अन्जु पन्त र थिर कोइराला विवाह बन्धनमा बाँधिए

म्यूजिक खबर
प्रकाशित: १२ फाल्गुन २०७७, बुधबार

काठमाडौं । सदाबहार गायिका अन्जु पन्त र संचारकर्मी थीर कोइराला वैवाहिक बन्धनमा बाँधिएका छन् । अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा रहेको कुरा केही समयअघि मात्र सार्वजनिक भएको थियो । उनीहरुले बिहे गर्ने बताएपनि मिति भने तय नभएको बताउँदै आएका थिए । तर आज सुटुक्क उनीहरु दुई विवाह बन्धनमा बाँधिएका हुन् ।

पछिल्लो समय अन्जु र थिरको प्रेम र विहेको प्रसंग नै चर्चा रहेको छ । दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् । अन्जु र थिरको बिहेलाई गोप्य राख्ने प्रयास गरिएको थियो । उनीहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ । थिरले भने–‘हामीले पाटनको चर्चमा बिहे गरेका हौं । कोरोनाका कारण धेरै मानिसहरुलाई बोलाउन सकिएन । दुबै जनाको परिवारको उपस्थितीमा मात्रै बिहे गरेका हौं ।


गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अन्जुले केही महिना अगाडि छोरीकै दबाबका कारण बिहेको बिषयमा सोचेको पनि बताएकी थिइन् । त्यस्तै संचारकर्मी एवं गीतकार थिर कोइरालाको पनि पहिलो विवाह सम्बन्ध विच्छेद भइसकेको छ । उनको पनि एक छोरा रहेका छन् । थिरले पनि छोराकै कारण विवाह गर्न बाध्य भएको बताउँदै आएका थिए । उनीहरुको विवाहका लागि नै चर्चित बुटिकमा ड्रेस तयार भइरहेको थियो । आज पारिवारिक रुपमा सुटुक्क विवाहमा बाँधिएका उनीहरु केही दिनमै विवाहको पार्टीस्वरुप सामाजिक कार्यमा जुट्ने बताएका छन् ।
म्यूजिक खबर परिवार गायिका अन्जु र गीतकार थिरलाई सफल दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु