• आलोकश्रीको संगीत, रामकृष्ण र अन्जुको स्वरमा प्रेमील गीत सार्वजनिक

    म्यूजिक खवर
    प्रकाशित: २१ आश्विन २०७८, बिहीबार

    लोकप्रिय गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको युगल स्वर रहेको सुमधुर गीत ‘माछीले चलायो पानी’ भिडियो सहित सार्वजनिक भएको छ । बिशिष्ट संगीतकार आलोक श्रीको संगीत रहेको गीतको शब्द ऋषिराम देवकोटाले कोरेका हुन् ।

    गीतमा प्रेमी प्रेमीकाले एक अर्काको सम्झनामा ब्यक्त गर्ने मनका भावन समेटिएको छ । प्रेमी प्रेमीकाले एकअर्कालाई भेट्न आतुर रहेको कथामा भिडियो निर्माण भएको छ ।

    जसमा अभिनेता दीलिप रायमाझी र गरिमा शर्माको अभिनय देख्न सकिन्छ । भिडियोमा दीलिप र गरिमालाई प्रेमी प्रेमीको रुपमा, रोमान्टिक अवतारमा उतारिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु