अन्जु पन्तको स्वरमा ‘पाएनी तिमिलाई मैले…’

म्यूजिक खबर
प्रकाशित: १८ असार २०७९, शनिबार

काठमाडौं । जेपिजे ईन्टरटेनमेन्ट अनलाईन टि.भि. च्यानल, न्युयोर्कको निर्माण तथा प्रस्तुतिमा ‘पाएनी तिमिलाई मैले…’ बोलको सुन्दर गीतको भिडियो सार्वजनिक भएको छ । यसभन्दा अगाडी पनि अन्जु पन्तको स्वर र देव कुमार चौधरी संगीतवध्द म्युजिक भिडियो पनि यहि टिमले निर्माण गरेको थियो । हालसम्म जेपिजे ईन्टरटेनमेन्ट न्युयोर्कबाट ‘आउँ माया गासौ हामी जुनि भरि’ सुमन थाम्सुहांङ र सम्झना लावुङ्द्वारा अभिनित म्युजिक भिडियो र अन्जु पन्तको स्वर रहेको दोश्रो म्युजिक भिडियो ‘काडा बिच फुल्ने माया’ र तेश्रो म्युजिक भिडियो निर्माणसंगै सार्वजनिक समेत गरिसकेको छ । म्युजिक भिडियो निर्माणलाई निरन्तरता दिने उव्देश्यले राम्रा राम्रा गीतको छनौट गरि म्युजिक भिडियो छायांकन कार्यलाई क्रमिक रुपमा अगाडी बढाई रहेको कुरा निर्देशक किशोर सुब्बाले जानकारी गराउनु भयो ।

पुष्पा लिम्बुको शब्द एवं संगीत, मेलिना राईको स्वर, मनि ताम्लिङको एरेन्ज, मिक्सिङ र रेकर्डिङ, सुवाष लिम्बुको क्यामेरा, ड्रोन र सम्पादन रहेको ‘पाएनी तिमिलाई मैले…’ भिडियो रोहित लामगाधेले निर्देशन गरेका हुन् । पुर्वि नेपालको रमणीय स्थान झापाको बिभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा चन्दा दाहाल र पुर्ण लिम्बु फिचरिङ छन् ।
जेपिजे ईन्टरटेन्मेन्टबाट अहिले नियमित रुपमा अन्तर्राष्ट्रिय रुपमै चर्चा कमाउन सफल कार्यक्रम ‘हेल्लो अमेरिका’ नियमित निर्माण र प्रशारण भैरहेको छ । जेपिजे ईन्टरटेन्मेन्ट अनलाई टि.भि. च्यानल न्युयोर्कका टिम मेम्बरहरुमा परिकल्पना निर्माण र निर्देशन किशोर सुब्बा, सह निर्देशक टोमा लामा, प्रस्तोता शुमन थाम्सुहांङ्, सिनेमाटोग्राफर सम्राट कार्की, ग्राफिक्स प्रविन ढकाल आदि रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु