अशोकको ‘मातृभूमि’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २६ असार २०७६, बिहीबार

राष्ट्रिय नाचघरमा आयोजना भएको मिस एण्ड मिसेस जनजाती आदिवासीको ग्राण्ड फिनालेको अवसरमा गीतकार अशोककुमार तामाङको आधुनिक गीति एल्वम ‘मातृभूमि’ सार्वजनिक भएको छ । पूर्वसभामुख ओनसरी घर्तिमगर,वरिष्ठ नायक सरोज खनाल, प्रथम नेपाल आइडल बुद्ध लामा, नायिका तथा समाजसेवी शान्ता तामाङ तथा गीतकार अशोककुमार तामाङलगायतले विमोचन एल्वम गरेका थिए । एल्वममा ‘हजार गल्ती’‘हाम्रो माया’ ‘विदेशमा छु’ ‘एक अञ्जुली’ जस्ता ६ वटा गीत समावेस गरिएको छ जसमा अञ्जु पन्त, मेलिना राई, बुद्ध लामा र सूर्य दयालुको स्वर रहेको छ । फरक फरक स्वादमा गीत समावेश भएको एल्वमका सूर्य दयालुको सङ्गीत रहेको छ भने रिकेश गुरुङको एरेञ्ज रहेको छ । एल्वमलाई अरोमा इन्टरटेनमेन्टले बजारमा ल्याएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु