• स्वर र सौन्दर्यकी ‘अकबरी अन्जु’

    म्यूजिक खबर
    प्रकाशित: १३ आश्विन २०७९, बिहीबार

    काठमाडौं । सांगीतिक क्षेत्रका लागि अन्जु पन्त नामै काफी छ । नेपाली संगीतकी अकबरी नै हुन् अन्जु । जसरी अकबरी सुनलाई कसी लाउनु पर्दैन । त्यस्तै हो उनको स्वर पनि कसी लाइरहुन पर्दैन । उनको गीत जहाँ गुन्जिन्छ त्यहाँ जोकोहि आनन्दीत हुन्छन् । उनको स्वरमा मार्धुयता छ, कोमलता छ ।
    यतिबेला उनै अकबरी अन्जुको स्वरमा ‘रिसाउन त रिसाउ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

    कृष्ण कार्कीको शब्द, नवीन कार्कीले संगीत भरेको कर्णप्रिय गीत अन्जुको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    गीतको एरेन्ज बिशाल निरौला तथा राजन राई र बिशाल निरौलाले मिक्सिङ गरेका हुन् ।

    गीतको भिडियोमा गीतको भिडियोमा अन्जु स्वयं फिचर्ड छिन् । सरिता प्रजापतीको मेकअप र कुसुम द बुटिकको पहिरनमा अन्जु निकै खुलेकी देखिन्छिन् ।

    बिक्रम चौहानले निर्देशन रहेको भिडियोलाई प्रकाश खड्काले छायाङ्कन गरेका हुन् । भिडियोलाई सम्पादन भने लक्ष्मण चौहानले गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु