‘फुल सम्झेर’मा सनम कठायतको यस्तो हर्कत, हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: १३ भाद्र २०७५, बुधबार

भाद्र १३, काठमाडौं । पछिल्लो समय निकै चर्चा बटुल्न सफल अन्जु पन्तको आवाजमा रहेको ‘फुल सम्झेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गीतकार तथा संगीतकार कस्तुप पन्तको शब्द र संगीतमा तयार भएको उक्त गीतको म्युजिक भिडियो सुन्दर नगरी पोखरा र स्याङ्जाका विविध रमणीय स्थानहरुमा उत्कृष्ट कथावस्तुको उठान सहित निर्माण भएको छ ।

निर्देशक अन्जन शर्माको भावलाई मुर्तरुप दिएका छ्न् । सुगम संगीतमा सफल सदाबाहर मोडल सनम कठायत, सृजना र सुदिप र प्रकृतीले । म्यूजिक भिडियोमा सनमले आफुलाई फुल सम्झेको मायालाई नगदमै साटिदिएका छन् । मुकेश हुमागाइको उत्कृष्ट छायांकन र टेकेन्द्र शाहको सम्पादनमा तयार भएको उक्त भिडियोलाई शारथी म्युजिकले डिजिटल बजारमा उपलब्ध गराएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु