सार्वजनिक लगतै युट्युवमा ‘पुरानो घाउ’ लाई तारिफ मात्रै

म्यूजिक खबर
प्रकाशित: २२ माघ २०७७, बिहीबार

काठमाडौं । लोकप्रिय गायिका अञ्जु पन्तको स्वर रहेको गजल गीत ‘पुरानो घाउ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतका शब्द चन्द्र प्रसाई ‘परिस्कृत’का रहेका छन् । गीतमा संगीत सन्तोष श्रेष्ठले भरेका हुन्, भने बिष्णु अधिकारीको एरेन्ज, विश्व अधिकारीको रेकडिङ, मिक्सिङ र मास्टरिङ रहेको छ ।

मेलोडियस शैलीमा तयार पारिएको गजल सुन्दा आनन्द लाग्ने छ । केहि दिन अघि पोष्टर सार्वजनिक गरेताका नै गीत प्रतिक्षित बनेको गीत सार्वजनिक भएसँगै युट्युवमा गीतको सम्पूर्ण पक्षको तारिफ गरिएको छ ।


भिडियो पछिल्लो समयका ब्यस्त निर्देशक देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । जसमा अभिनेत्री पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

भिडियोमा आकाश र पुजालाई निकै आकर्षक तरिकाले निर्देशक पाण्डेले उतारेका छन् । गीत मार्फत गीतकारले प्रेमीले प्रेमीकालाई पुराना प्रेमका याद भुलाएर जिन्दगी नयाँ तरिकाले अगाडि बढाएर सुखमय बनाउन प्रेरणा दिएका छन् । भिडियोमा पनि यस्तै कथा बुनिएको छ ।

इनाक्षी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा उत्सव दाहालको छायाँकन, बिकाश दाहालको सम्पादन छ । भिडियोका प्रोडक्सन म्यानेजर दीपेन गौतम हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु