अन्ज पन्तको स्वरमा “मन परेको फुल” बोलको भिडियो सार्ववजनिक

म्यूजिक खबर
प्रकाशित: २२ फाल्गुन २०७५, बुधबार

काठमाडौँ ।बिगत निकै लामो समय यता नेपाली गीत संगीतको श्रीवृद्धिको लागि क्रियासिल निर्देशक रबिन शाह अब एक कुसल गीतकारको रुपमा पनि परिचित हुन अगाडी बढेका छन् । उनले भर्खरै मात्र “मन परेको फुल” बोलको गीत सार्बजनिक गरेका छन् । बिशेष गरेर नेपाली गीत संगीतको क्षेत्रमा आगन्तुक केहि नयाँ श्रष्टाहरुको कारण फिक्कापन देखिएले उनले आफ्नो तर्फबाट परिपूर्ति गर्ने प्रयास गरेका छन् ।

रबिनको यस गीतमा अन्जु पन्तको सुमधुर स्वर सुन्न सकिन्छ । रबिन शाह द्वारा लिपि बद्ध यस गीतलाई संगीत भने डम्बर हिंगमांगले भरेका छन् । अजरअमर प्रेम भावमा सुसजित यस गीतको म्युजिक भिडियोमा रबिन आफ्नै देखा परेका छन् भने भिडियोको अर्को आकर्षक पात्रको रुपमा जिना थापाको पनि अभिनय देख्न सकिन्छ । रबिनको अनुसार निकै मेहनत गरेर तयार पारिएको यस गीत र म्युजिक भिडियोलाई जस्ताको त्यस्तै प्रतिक्रिया दिएर आउने दिनहरुमा थप अन्य गीतहरु कोर्न कापीको पाना किन्न बाध्य बनाइदिनु हुन सबै दर्शक तथा श्रोताहरुमा अनुरोध गरेका छन् ।

यस गीतको म्युजिक भिडियोलाई निर्देशन तथा क्रोरियोग्राफी रबिन स्वयम् ले गरेका छन् भने क्यामरा नबराज उप्रेती, ड्रोन ओम प्रसाईं र सम्पादन प्रदिप दाहाल ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु