• सुखद संयोग: एउटै मञ्चमा आमा सम्मानित, छोरीलाई अवार्ड

    म्यूजिक खबर
    प्रकाशित: ७ बैशाख २०८२, आईतवार

    काठमाडौं । राजधानीमा वैशाख ४ गते नवौं ‘नेशनल क्यापिटल अवार्ड – २०८१’ सम्पन्न भयो । उक्त अवार्ड समारोहको स्टेजमा एउटा सुखद संयोग देखियो । एउटै स्टेजमा आमा सम्मानका लागि उक्लिन् भने छोरीले अवार्ड प्राप्त गरिन् । समारोहमा चर्चित, व्यस्त र लोकप्रिय गायिका अन्जु पन्त सम्मानित भइन् भने उनकी छोरी राइजिङ स्टार मोडल परितोषिका पन्तले अवार्ड चुम्न सफल भइन् ।
    लामो समयदेखि सांगीतिक क्षेत्रमा अतुलनिय योगदान पू¥याएको कदर गर्दै गायिका अन्जु सम्मानित भएकी हुन् । त्यस्तै परितोषिकाले भने उत्कृष्ट वर्ष प्रतिभा अवार्ड चुमेकी हुन् ।

    कुनै समय दैनिक सात वटासम्म गीत रेकर्ड गराउन दौडधुपमा रहने अन्जुले ८ हजारभन्दा बढी गीतमा स्वर भरेकी छिन् । उनले स्वर भरेका ‘न विर्से तिमीलाई’ ‘यस्तो एउटा कथा रहेछ, संसारमा माया पनि ‘।।’ यो गीतले धेरै छोयो । त्यसपछि एल्बमहरु पनि आए ‘वनमा फूल्यो फूलै फूल’, ‘वसन्त नै बस्न खोज्छ’, ‘म प्यार बेचिदिन्छु’, ‘उकालीमा पनि हजुर’ लगायत सयौं गीत हिट नै भएका छन् ।

    त्यस्तै आमा अञ्जुकै गीतमार्फत मोडलिङ सुरु गरेकी परितोषिका पछिल्लो समय मोडलिङमा जम्दै आएकी छन् । यतिबेला उनी फिल्मबाट डेब्यु गर्ने तयारीमा छिन् ।

    उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बागमती प्रदेशका सभा सदस्य दिपेन्द्र श्रेष्ठ, नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र राना, वरिष्ठ कलाकार शिवहरि नेपाल, अभिनेता गजित विष्ट, चलचित्र निर्माता तथा व्यवसायी नविन श्रेष्ठ, बरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ लगायत विशिष्ट व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमा नेशनल क्यापिटल अवार्ड अध्यक्ष माधव निर्दोषले सभापतित्व गरेका थिए भने कार्यक्रमको संयोजन सविता पोखरेलले गरेकी थिइन् ।

    नवौं नेशनल क्यापिटल अवार्ड २०८१ को अवसर पारेर गायिका अन्जु पन्तसँगै एक दर्जन स्रष्टा कलाकार, व्यवसायीलाई सम्मान गरिएको थियो । लोकप्रिय निर्देशक प्रकाश भट्टलाई ‘राष्ट्रि«य कला रजत सम्मान’ प्रदान गरिएको थियो । सम्मानित हुनेहरुमा गायिका सन्जु न्यौपाने, मोडल झरना रिसाल, साउन्ड रेकर्डिष्ट भोला पौडेल, गीतकार सामना शाह लगायत रहेका छन् ।

    सोही कार्यक्रममा ३२ विधामा अवार्डसमेत प्रदान गरिएको थियो । अवार्ड कार्यक्रममा उत्कृष्ट गायिका लोकदोहोरीतर्फ रेश्मा तामाङ (ङोल्स्योलाई नदेख्दा), उत्कृष्ट म्यूजिक भिडियो मोडल कल्चरल गीत सजिना लामिछाने (परदेशी भुलगयो), उत्कृष्ट लोकआधुनिक गायन पुजन काफ्ले (चुपचाप), उत्कृष्ट गायन शैली सुमी पराजूली (माया गर्ने तरीका), उत्कृष्ट म्यूजिक भिडियो निर्देशन पपआधुनिक राजेन्द्र लुँईटेल ‘राज’ (माया मा¥यौं), जुरी अवार्ड गायिका तृप्ती खड्का गुरुङ (तिम्रै झ–झल्को), उत्कृष्ट संगीतकार राम धिमाल, उत्कृष्ट राष्ट्रियभाव रचना–संगीत राजु विश्वकर्मा (हाम्रो बन्दीपुरमा), उत्कृष्ट लोक आधुनिक गीत चन्द्रकला प्रसाईं, उत्कृष्ट राष्ट्रिय गीत मातृका भण्डारी ‘मुना’ (नेपाली हौं हामी), उत्कृष्ट आधुनिक गीतकार प्रतिमा गुरुङ (मेरा आमा बाबा), उत्कृष्ट बर्ष मोडल महिला मिस पवी (ए होर माया), उत्कृष्ट बर्ष मोडल पुरुष विमल अधिकारी (ए होर माया), उत्कृष्ट बर्ष गायन हिमाल सागर (ए होर माया) गीतबाट अवार्ड चुम्न सफल भएका थिए ।
    त्यसैगरी चलचित्रतर्फ उत्कृष्ट अभिनेता सलोन बस्नेत (रंगी), उत्कृष्ट प्रोडक्शन प्रकाश हमाल, उत्कृष्ट फिल्म निर्देशक शंकर कार्कीले अवार्ड चुम्न सफल भए । त्यस्तै पप गीततर्फ बेष्ट र्याप अफ दइयर गायन अवार्ड सुदीप भण्डारी ‘जीबब’ (आमा), उत्कृष्ट पप गायिका चाँदनी शाक्य (तिमीलाई), वेष्ट पप गायक प्रेजोल नेपाली (मतिना), उत्कृष्ट युगल गायन अवार्ड आश्रा कुँवर र नितेसजंग कुँवर (इतिहास तिम्रो मेरो)ले अवार्ड चुमेका थिए ।
    त्यस्तै उत्कृष्ट प्रतिभा अवार्ड परितोषिका पन्त (धेरै माया), उत्कृष्ट लोकदोहोरी मोडल अवार्ड जुना कार्की, उत्कृष्ट लोकगायन सुजता केसी (आलु तामा), उत्कृष्ट म्यूजिक भिडियो निर्देशक आधुनिक पप केशवराज भट्ट, म्यूजिक भिडियो निर्देशक अफ दि इयर देवेन्द्र पाण्डे (जुनेली), उत्कृष्ट गीत रेकर्डिष्ट मनोज परियार, उत्कृष्ट गीत अवार्ड कुमार मिश्र, उत्कृष्ट मोटिभेसन अवार्ड यादव गिरी, उत्कृष्ट लिट्टेचर अवार्ड भिष्मराज फूलाराले अवार्ड चुम्न सफल भएका थिए ।
    प्रनिमा दाहालले कार्यक्रम सन्चालन गरेको कार्यक्रममा प्रमुख अतिथी, अतिथीहरु र कार्यक्रमलाई सहयोग पू¥याउने व्यक्ति तथा संस्थाहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु