अन्जुको तीज गीतमा छोरीको डेब्यु, अन्जलीसँग मर्काइन् कम्मर ! (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २३ असार २०७५, शनिबार

असार २३, काठमान्डाौं । हिन्दू नारीहरुको महान पर्व तिज विशेष गीतहरु सार्वजनिक गर्नेको क्रम बढ्दो छ । यहि क्रममा चर्चित गायिका अन्जु गौतमले पनि ढल्की ढल्की बोलको तीज गीत सार्वजनिक गरेकी छिन् ।

गीतमा पछिल्लो समयकी चर्चित एवं व्यस्त मोडल अन्जली अधिकारीको साथमा आफ्नै छोरीलाई नचाएकी छिन् । अन्जली अधिकारी र अन्जु पुत्री ज्योती खड्काको साथमा काशिसको पनि अभिनय तथा नृत्य रहेको छ ।

विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतीमा सार्वजनिक गीतमा राज कुमार बगरको शब्द तथा संगीत रहेको छ । गीतको म्यूजिक भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन् भने दिपक विष्टले सम्पादन गरेका छन् । भिडियोलाई चर्चित भिडियो निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।
हेर्नुहोस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु