‘सुर साधना’ मा अन्जुले झुमाइन् दर्शक

म्यूजिक खबर
प्रकाशित: १ आश्विन २०७६, बुधबार

सांस्कृतिक संस्थानको आयोजनामा हुँदै आएको ‘सुर साधना’ को १४ औं श्रृंखला सम्पन्न भएको छ । बरिष्ठ लोक गायक कुमार बस्नेतको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सुमधुर स्वरकी धनि गायिका अन्जु गौतमले आफ्ना प्रस्तुति मार्फत दर्शक श्रोतालाई झुमाएकी थिइन् । विभिन्न ९ वटा कर्णप्रिय गीतहरु गाएकी अन्जलाई प्रत्येक गीतबाट मन्त्रमुग्ध बनेका दर्शकले खुलेर उनको स्वरको प्रंशसा गरेका थिए ।

शिरमा बस्ने फुल, बिरह चल्ने, न्याउली चरी, कोशीको तिरमा, फुलको थुंगा, धनकुटे हिले, काउली फुल्ने बन्दा बेरिने, झम्के मायालु, बाँसैको टाटी, ढाका चोलीमा गीत हुन् । सुर साधनामा अन्जुलाई चर्चित गायक सुमित खड्का र नन्दु राईले युगल गायनमा साथ दिएका थिए । त्यस्तै गिटारमा अनुपदास र लोकराज राईले सहकार्य गरेका थिए भने अक्टोप्याडमा तेजु श्रेष्ठ, मादलमा खड्ग बुढा तबलमा नरेश प्रजापति, बाँसुरीमा दुर्गाप्रसाद खतिवडा, किबोर्डमा रोहित सुवेदी, सारंगीमा कमल बिकले सांगीतिक सहकार्यमा सहयोग गरेका थिए । कार्यक्रममा सांगीतिक क्षेत्रका बरिष्ठ, विशिष्ठ एवं प्रष्ठित व्यक्तित्हरु गायक जगत मर्दन थापा, संगीतकार शक्तिबल्लभ, गायक शम्भु राई लगायतको उपस्थिती थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु