चलचित्र ‘ए मेरो हजुर ३’ को ट्रेलर सार्वजनिक अनमोल र सुहानाको केमेष्ट्री (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १५ चैत्र २०७५, शुक्रबार

चलचित्र ‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक भएको छ । युटुबमा सार्वजनिक भएको ट्रेलरलाई कमर्सियल बनाइएको छ । चलचित्रको ट्रेलरमा नायक अनमोल केसी, नव–नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, अर्पण थापा, रेअर राई लगायतलाई देखाइएको छ ।

नायक अनमोल केसीको २ फरक गेटअप देख्न सकिन्छ । एकातिर अनमोललाई सोझो यूवाको भूमिकामा देखाइएको छ भने अर्कोतिर उनलाई स्टार गायकको भूमिकामा देखाइएको छ । नायिका सुहाना थापालाई भने अनमोलको फ्यानको रुपमा देखाइएको छ । सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । संजय लामाले यो चलचित्र खिचेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु