अनुपविक्रम र आँचलको अभिनयमा ‘तिम्रो शहर’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २६ भाद्र २०७६, बिहीबार

काठमाडौं । गायिका सहिमा श्रेष्ठको स्वरमा ‘तिम्रो शहर’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा अमर बान्तुको शब्द तथा पछिल्लो समयका चर्चित संगीतकार दीपक शर्माको सङ्गीत तथा रहेको छ । सोही गीतको भिडियोको चलचित्र निर्देशक बसन्त निरौला निर्देशित तथा पवित्रा आचार्यको कोरियोग्राफी रहेको गीतको भिडियोमा नायक अनुपविक्रम शाही र नायिका आँचल शर्मा अभिनय रहेको छ ।

साही गीतको भिडियोमा अनुपलाई भेट्न आँचल अनुपको शहर आएको प्रसङ्ग उल्लेख गरिएको छ भने दिव्य सुवेदी सिनेमाटोग्राफर रहेको र उक्त गीतको भिडियोलार्इ सुप्रिम पराजुलीले सम्पादन गरेका हन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु