
काठमाडौं । अनु चौधरीको स्वरमा रहेको गीत ‘बाबुजी’ सार्वजनिक भएको छ । उत्तम भण्डारीको शब्द एवं संगीत, बावुल गिरीको एरेञ्ज र बावुलकै मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
उत्तम श्रेष्ठ (शिशिर)को निर्देशन रहेको गीतको भिडियोमा श्रीकृष्ण निरौला र आराध्यालक्ष्मी खड्गीलाई फिचरिङ गरिएको छ । विशाल थापा र टिमको सिनेमेटोग्राफी रहेको भिडियोमा मीन रावलको दृश्य सम्पादन रहेको छ ।
विशाल कैनीको कोरियोग्राफी रहेको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । डान्सिङ प्याट्रनको गीतको भिडियो उत्कृष्ट बनेको छ । टिकटकमा निकै रुचाइएको छ । यो गीतका क्लिपहरुमा टिकटक प्रयोगकर्ताले थुप्रै भिडियो बनाएका छन् ।
गायिका चौधरीका थुप्रै गीत श्रोतारदर्शकको रोजाइमा पर्न सफल भएका छन् । आफ्ना अन्य गीत जस्तै यसले पनि सबैको साथ पाउनेमा आशावादी रहेको गायिका चौधरीले बताइन् । थारु गीतमा जमेकी अनुले थुप्रै नेपालीका साथै हिन्दी गीत पनि गाइसकेकी छिन् ।
अनु बहुआयामिक छिन् उनले नेपाली चलचित्रमा पनि अभिनय गरेकी छिन् । मह जोडी, धिरने शाक्य लगायतसँग अभिनय गरेकी अनु कोरियोग्राफरमा पनि कुशल छिन् । उनी हालै ‘आमा आज पनि रुन्छिन’मा अनुबन्धित हुनुभएको छ । अनुले निर्देशन र कोरियोग्राफमा वर्ल्ड बुकअफ रेकर्ड पनि राखेकी छिन् ।
उनले प्लेनभित्र गीत विमोचन र प्यारागलाइडिङमा विश्व कीर्तिमान कायम गरेकी हुन् ।