• ‘बाँध मायाले’मा बिमला र निमाको रोमान्स

    म्यूजिक खबर
    प्रकाशित: १९ चैत्र २०७८, शनिबार

    काठमाडौँ । गायक निमा तामाङ र गायिका अन्नु चौधरीको युगल गायनमा समावेश प्रेमिल शैलीको ‘बाँध मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा प्रेम र आकर्षणको भावलाई समिटिएको यस गीतमा तारा प्रकाश लिम्बुको शब्द संगीत रहेको छ।

    यस गीतलाई सबिन लिम्बुले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा स्वयम् गायक तामाङ र बिमला खाजुमलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ। भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन र सम्पादनमा भिडियो तयार पारिएको हो। ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गायक तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ लगायत थुप्रै चर्चित गीतहरु सार्वजनिक भैसकेका छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु