जेठ २५ मा अनुपम म्युजिक अवार्ड, प्रतिभा छनोट समिति गठन

म्यूजिक खबर
प्रकाशित: १२ जेष्ठ २०७६, आईतवार

पोखरा । आगामी जेठ २५ गते पोखरामा अनुपम म्यूजिक अवार्ड २०७६ हुने भएको छ । अनुपम म्युजिक पोखराले हरेक वर्ष प्रदान गर्ने अनुपम म्युजिक अवार्ड २०७६ का लागि प्रतिभा छनोट समिति समेत गठन गरिएको छ ।

पत्रकार तथा लेखक बद्रिविनोद प्रतीकको संयोजकत्वमा गठित समिति समाजसेवी वीरेन्द्र पालिखे, गायक रामभक्त जोजिजू र गीतकार रेशम रचक सदस्य रहेका छन् । समितिको पदेन सदस्यमा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी रहेका छन् । समितिले म्युजिक अवार्डसँगै अनुपम सङ्गीत सम्मान र तीर्थहरि समाजसेवा अवार्डका लागि प्रतिभा छनोट गरी सिफारिस गर्ने छ ।

अवार्ड तथा सम्मानहरु आगामी जेठ २५ गते दिउँसो १ बजे पोखरा उद्योग वाणिज्य सङ्घको हलमा हुने छैटौँ अनुपम साङ्गीतिक साँझका अवसरमा प्रदान गरिने प्रबन्ध निर्देशक अनुराग अधिकारीले जानकारी दिए । सो कार्यक्रममा दार्जिलिङ, काठमाडौँ र पोखराका कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने उनले जानकारी दिए ।

 


यसै बीच, सो कार्यक्रमलाई भव्य र सभ्य बनाउका लागि छलफल कार्यक्रम सम्पन्न भएको छ । छलफलमा आयोजक समितिका सदस्य, सल्लाहकार तथा शुभेच्छुकहरुको सहभागिता रहेको थियो । सो अवसरमा कृष्णप्रसाद बाँस्तोला, कृष्ण केसी, विजय प्रधान, देव क्षेत्री, प्रकाश अधिकारी, रेशम रचक, विश्वमोहन गौचन, सुमन श्रापित, ईशु श्रेष्ठ, केशव पराजुलीलगायतले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु