• पाँचौ एपिक नेपाल म्युजिक अवार्डमा बसुन्धरा भुसाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड, ३२ विधामा अवार्ड प्रदान

    म्यूजिक खबर
    प्रकाशित: ३ चैत्र २०८१, सोमबार

    काठमाडौं । पाँचौं एपिक नेपाल म्युजिक अवार्ड २०८१ भक्तपुरको मध्यपुर थिमी नगरपालिकास्थित दुई पोखरीमा भव्यरुपमा सम्पन्न भएको छ । अतिथिहरुलाई स्वागत स्वरुप बिभिन्न झाँकी र बाजागाजा सहित शंखधर चौकदेखि कार्यक्रम स्थलसम्म पैदल लगिएको थियो ।
    प्रथम महिला श्रीमती राधिका शाक्यको प्रमुख आतिथ्यतामा भएको उक्त अवार्ड कार्यक्रममा सांसद महेश बस्नेत, थिमि नगरपालिकाका पूर्व नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठ, अभिनेता शिव श्रेष्ठ, द्वन्द्व निर्देशक राजेन्द्र खड्की लगायतका व्यक्तित्वहरु रहनु भएको थियो ।

    ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सम्पन्न अवार्डमा लोकसंगीतमा क्रियाशील तथा नवप्रतिभाका सर्वोकृष्ट रचनाको साथै आधुनिक, पप, लोकपप, पर्व विशेष, काँठे र देउडा, चलचित्र गरि ३२ विधामा अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा लाईफटाइम एचिभमेन्ट अवार्डबाट वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाललाई नगद सहित सम्मान प्रदान गरियो । त्यस्तै संगीतरत्न शम्भूजित बास्कोटालाई विशिष्ट सम्मान प्रदा नगरिएको थियो भने प्राज्ञ तथा संगीतकार चेतन सापकोटालाई संगीत क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । त्यसैगरि पत्रकारद्वय ऋषि धमला र ऋषि थपलियालाई नगद राशी सहित सम्मान गरिएको थियो । कार्यक्रममा गीतकार भीष्मराज फुलारा, अभिनेता शिव श्रेष्ठ, अभिनेता पल शाह लगायतका श्रष्टा, सर्जकलाई सम्मान गरिएको कार्यक्रम संयोजक राजेन्द्र पुरीले जानकारी गराउनु भयो । कार्यक्रमको निर्णायकमा निर्देशक सुब्रतराज आचार्य, गायक चन्द शर्मा, निर्देशक प्रकाश भट्ट, कलाकार रस्मि पाण्डे, कलाकार दिल बहादुर ओखेडा रहनु भएको थियो ।

    साँस्कृतिक शहर थिमिमा सम्पन्न ऐतिहासिक अवार्ड कार्यक्रम ‘पाँचौ एपिक नेपाल म्युजिक अवार्ड २०८१’ मा गीतकार सुमन बैरागीले लोकदोहोरी गीतकारको अवार्ड चुम्न सफल भए । उनले ‘पिपलबोटे माया’ पूर्वेली लोकभाकाबाट अवार्ड चुम्न सफल भएका हुन् । त्यस्तै लोकदोहोरी गायकको अवार्ड ‘उनीको पछ्यौरी’ गीतबाट गायक अमृत खातीले चुमे भने गायिकाको अवार्ड ‘एकै रातैले’ गीतबाट सुष्मा शाही ठकुरीले चुम्न सफल भइन् ।

    त्यसैगरी लोकदोहोरी भाकातर्फ रमेश परियारले ‘वनमा खयर’ गीतबाट अवार्ड चुम्न सफल भए भने लोकदोहोरी मोडेल पुरूष बिमल अधिकारी, मोडल महिला अस्मिता पुरी, भिडियो निर्देशक मिलन श्रेष्ठ र नृत्य निर्देशक दिपेन्द्र तिमल्सिनाले अवार्ड हात पारे ।

    त्यसैगरि म्युजिक एरेन्जर पुष्कर खत्री, भिडियो छाँयाकार उत्तम हँुमागाईं, भिडियो सम्पादक विकास दाहालले अवार्ड उचाल्दै गर्दा सर्वोत्कृष्ट नव गायक विशाल सोनीले ‘घन ठोकाई’ गीतबाट अवार्ड चुमे भने नव गायिका दिपिका बयाम्बु ‘कश्मिरे पछ्रयौरी’बाट अवार्ड चुम्न सफल भइन् । सर्वोत्कृष्ट आधुनिक नव मोडेल पुरूष डयासपोराको अवार्ड सम्राट दासले चुम्न सफल भए । सर्वोत्कृष्ट नव मोडेल महिला सदिक्षा पाण्डे ‘विष पिउन मन लाग्छ’ गीतबाट अवार्ड पाइन् । सर्वोत्कृष्ट आधुनिक गायक कर्णराज गिरी ‘लुकी लुकी’, आधुनिक गायिका सोभा पाण्डे ‘ए मन भन मलाई’, सर्वोत्कृष्ट आधुनिक संगीतकार दिपक शर्मा ‘लुकाउने ठाउँ नै छैन’, सर्वोत्कृष्ट आधुनिक संगीतकार जुरी अवार्ड टेकराज ओझा ‘दिल्ली आग्रा’बाट प्राप्त गर्न सफल भए ।

    त्यसैगरी आधुनिक गीतकारको अवार्ड गीतकार भुपेन्द्र बुढाथोकीले ‘भाग्ये लेख्ने भगवान कँँँहाँँ छौ’बाट चुम्न सफल भए । आधुनिक भिडियो मोडेल पुरूष बिक्रम बुढाथोकी ‘कस्तो थिए कस्तो भएँ’, आधुनिक भिडियो मोडेल महिला शिल्पा पोख्ररेल ‘पिल पिल आँसु’, सर्वोत्कृष्ट आइटम गीत मोडेल महिला मल्लिका राजोपाध्याय ‘आउ सँगै झुमी नाचौ’, आधुनिक भिडियो निर्देशक रोसन दास ‘आदात’, लोकपप गायक लक्षमण श्री ‘म तिम्रै डल्ले हो’, लोकपप गायक पब्लिक च्वाइस महेन्द्रराज वराल ‘फुल रसैले’, टेलिचलचित्र कलाकार इन्द्र दोङ लामा ‘हर्के हल्दार’, श्रृंगार विक्रम गौतम ‘हगंमा’, सर्बाेत्कृष्ट भाषाभाषी पुरुष कलाकार लक्ष्मी कुमार महर्जन ‘क्या ः मां जी’, रोहित ढृङगाना ‘क्या राम्रो नौखुवा’, सर्बाेत्कृष्ट भजन गायक चिरञ्जीवी भण्डारी ‘राधा बिना कृष्ण आधा आधा’, सर्बाेत्कृष्ट गीतकार डयास्पोरा दिपेन्द्र खडका ‘पल पल’, सर्वाेत्कृष्ट भाषाभाषी गायीका शान्ति कुमारी शाही ‘कर्णालीको छालै छ’, नवप्रतिभा यमराज थापा ‘भए पनि मनभरी चोट’, सर्बाेत्कृष्ट खलपात्र सुगत करणजित ‘पागल तिम्रो यादमा’ बाट अवार्ड पाउन सफल भए ।

    त्यस्तै सर्बोत्कृष्ट चलचित्र गायक डेविट शंकर ‘दर्शन सलाम’ गीतबाट पाउन सफल भ एभने सर्बोत्कृष्ट भिडियो नव मोडेल नृत्य सृष्टिना क्षेत्री ‘घैलाको पानी’, बालकलाकार जेभिन जिभेश र आयुसी ढकाललाई पपुलर अवार्ड प्रदान गरिएको थियो ।

    लाकदोहोरी गायक रामजी खाँड वर्षकै सर्वोत्कृष्ट अवार्ड पाउन सफल भएका छन् भने जुरी अवार्ड पाउनेहरुमा सुनिता भुजेल ‘नव पपगायक’, हुमन आचार्य, दिपिका थापा, डिआर सुजन म्युजिक भिडियो निर्देशक ‘उडेको चरी’, आधुनिक मोडेल अभि सुनार, टेकराज ओझा रहेका छन् ।

    कार्यक्रमको बीच बीचमा नेवारी नृत्यहरु प्रस्तुत गर्नुका साथै लोकप्रिय गायक धीरज राई, अमृत खाती, पल शाह, नारायणी खत्री लगायतले सांगीतिक प्रस्तुति दिएका थिए भने भक्तपुरको कल्चर झल्काउने सांस्कृतिक प्रस्तुतिहरुले कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।
    तस्बिरः बद्री थापा

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु