प्रेम कथामा आधारित ‘गोठालो’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २५ कार्तिक २०७७, मंगलवार

काठमाडौं । अमेरिकालाई कर्म थलो बनाउँदै आएका अर्जुन बोसेलले आफ्नो सांगीतिक यात्राको अर्काे चरणमा नयाँ शैलीको प्रेम कथामा आधारित ‘गोठालो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । जसमा प्रेमिल जोडी छुटाउन गरिएका अनेक प्रयत्नलाई उतारिएको छ । सधैं नभए पनि कहिलेकाही सँगै मर्ने र सँगै बाच्ने कसम पूरा भएको कथा गीतमा उनिएको छ ।
बोसेलको आफ्नै शब्द, संगीत र स्वर रहेको नयाँ गीत ‘गोठालो’ को दृष्य परिकल्पना पनि उनकै छ । प्रेम कथामा आधारित ‘गोठालो’ को म्युजिक भिडियोलाई देवेन्द्र बब्लुले निर्देशन गरेका छन् भने सुशील विकले सम्पादन गरेका छन् ।


सो भिडियोमा योगेश काजी, देवेन्द्र बब्लु, गीता ढुंगाना, अर्जुन आचार्य, भद्र कुँवर, विशाल घिमिरे, टंक कार्की, निता थकाली, सुनिता घिमिरे, प्रिति तामाङ, सुदिक्षा थकाली लगायतले अभिनय गरेका छन् ।
‘गोठालो’ बोलको गीतको म्युजिक भिडियोमा नयाँ कन्सेप्ट अपनाइएको छ । पुरानो प्रेम कथालाई भिडियोमा उतारेका छन् । निर्देशक देवेन्द्र बब्लु भन्छन्, गीतलाई न्याय गर्नेगरी लोकेसन चयन र प्रस्तुतीलाई निक्कै ख्याल गरिएका कारण म्युजिक भिडियो राम्रो बनेको छ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु