अर्जुनको भाग्य चम्किँदै

म्यूजिक खबर
प्रकाशित: ३ पुष २०७०, बुधबार

काठमाडौं, ३ पौस । धेरै कलाकारहरु भन्ने गर्छन् मेरो त गीत नै चल्दैन, संगीत नै चल्दैन तर कसैलाई भने फापिरहेको हुन्छ यही क्षेत्र । निरन्तर आरोह अवरोह गरिरहे पनि साधनाको मूल्य कसैले पनि पाउन सकेका हुँदैनन् तर यस वर्ष भने संगीतकार अर्जुन पोखरेललाई निकै फापेको छ ।
अर्जुन पोखरेल पछिल्लो समयमा सफल संगीतकार हुन् । चलचित्र संगीत होस् या आधुनिक संगीत उनको गीतहरुले राम्रै स्थान पाइरहेका बेला उनको उचाइ थप्नका लागि काँधमा काँध मिलाउनेहरु पनि थुप्रै छन् । उनको सफल संगीतको पछाडि यतिबेला उनलाई धेरै क्षेत्रबाट मान सम्मान मिलिरहेको छ । पछिल्लो समयमा चलचित्र संगीतमा राम्रो संगीत दिन सफल भएका अर्जुन पोखरेललाई यस वर्ष राम्रो वर्षका रुपमा सावित भएको छ । उनका संगीतहरुले एकपछि अर्को गर्दै अवार्ड हात पारिरहेका छन् ।

आफ्नो गृहजिल्ला चितवनमा भएको कालिका म्यूजिक अवार्डबाट यस वर्षको खाता खोलेका अर्जुन पोखरेलले त्यसपछि निरन्तर तीन वटा अवार्ड हात पारे । राजधानीमा भएको एचटीभी फिल्मीखबर डिजिटल अवार्डमा उत्कृष्ट चलचित्र संगीतकार, विन्दवासिनी म्यूजिक अवार्डमा उत्कृष्ट चलचित्र संगीतकार र इमेज अवार्डमा पनि उत्कृष्ट चलचित्र संगीतकारकै अवार्ड हात पारेपछि उनको यस वर्ष राम्रो भएको पुष्टि हुन्छ । मेहनत र निरन्तर साधनाको प्रयास हो यो अर्जुनको । निरन्तर साधनाले गर्दा आज यो स्थानमा आउन सफल भएको उनकै भनाइ छ ।

1463082_492394464212293_2133575018_n

अर्जुन पोखरेल पहिला त गायक बन्ने सपना बोकेर यस क्षेत्रमा प्रवेश भएका थिए । उनले एक लोकदोहोरी गीत पनि गाएका थिए । तर उनको क्षेत्र संगीतमै रोजाइ भए पनि गायक भन्दा संगीतकार बन्नुमा नै उचित रहेछ भन्ने अहिले पुष्टि भएको छ । अर्जुन भन्छन्– आफ्नो मेहनतलाई सबैले सम्मान गरिदिनुभएको छ म यसैमा खुशी छु र सबैलाई धन्यवाद दिन चाहन्छु । सबैले दिनुभएको सम्मानले मलाई ठूलो जिम्मेवारी थपिदिएको छ, अब म त्यसलाई सरल रुपमा लिन सक्दिनँ अर्जुनले भने । अबका दिनहरु झन् कठिनाइ र जिम्मेवारीपूर्ण भएका छन् । अब सफल संगीतकारको संज्ञा पाइसकेका अर्जुन पोखरेललाई अवार्डको वर्षा भइरहेको बेलामा अब कस्तो सांगीतिक धार पैदा हुनेछ त्यो उनीमाथि चुनौतिको विषय बनेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु