काठमाडौँ। गायिका अमृता लामिछानेको प्रस्तुती तथा दि डिभाइन म्युजिक र नेप्सिनेको सहकार्यमा बनेको म्युजिक भिडियो ‘पाटको नेती काठैको मदानी’ सार्वजनिक गरिएको छ ।
दिनेशराज पुरीको शब्द रचना रहेको यस गीतमा अर्जुन पोखरेलले स्वर तथा संगीत दिएका छन् भने उनको साथमा गायिका अमृता लामिछानेको स्वर रहेको छ । विधान कार्की निर्देशित भिडियोमा कलाकारहरु चक्र बम, उषा उप्रेती, सुधिर श्रेष्ठ र बिना राउतले अभिनय गरेका छन् ।
भिडियोका कोरियोग्राफर दिपक एम. सिंह हुन् भने अशिम रानाभाटको कस्ट्युम डिजाईन र दिपेन गौतमको प्रोडक्शन डिजाईन रहेको छ । दिपेन्द्र कार्की पिआर म्यानेजर रहेका छन् भने मनिषा पोखरेल कला निर्देशक हुन् । भिडियोमा केशव पाण्डेको स्टिल फोटोग्राफी, हरि हुमागाईंको छायांकन, बिकास दाहालको सम्पादन रहेको छ ।