• ‘अर्जुन रेड्डी’को नेपाली रिमेकका लागि काठमाण्डौमा अडिसन सम्पन्न

    म्यूजिक खवर
    प्रकाशित: १० चैत्र २०७७, मंगलवार

    काठमाडौं । साउथ इण्डियन चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेकका लागि काठमाण्डौमा अडिसन सम्पन्न भएको छ । अडिसनमा सय भन्दा बढी यूवायूवती सहभागी भएको निर्माणपक्षले जानकारी दिएको छ । काठमाण्डौमा भएको अडिसनबाट चलचित्रका मुख्य कलाकार छनोट गरी वर्कशप सुरु गर्ने निर्माणपक्षले बताएको छ । यो चलचित्रलाई विशाल सापकोटाले निर्देशन गर्दैछन् ।

    कुनै विदेशी चलचित्रको अधिकार नै लिएर बन्न लागेको पहिलो चलचित्रका लागि यूवायूवतीहरुमा उत्साह देखिएको छ । यूवा फिल्मस्ले बनाउन लागेको चलचित्रको छायांकन चाडै नै सुरु गर्ने बताइएको छ । उसो त, यो चलचित्रमा नायक हरिहर अधिकारी र आर्यन सिग्देलले काम गर्न लागेको चर्चा नचलेको होइन । तर, दुबै जना चलचित्रमा अटाएनन् । निर्माणपक्षले भने अडिसनबाट नै कलाकार छनोट प्रक्रिया अगाडि बढायो ।
    बलिउडमा ‘कबिर सिंह’को नामबाट समेत चलचित्रको रिमेक बनिसकेको छ । ‘अर्जुन रेड्डी र कविर सिंह’ दुबैले बक्स अफिसमा सफलता पाएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु